

बुद्धभूमिमा उपेन्द्र चौधरी नेतृत्वमा नयाँ युवा टोली : राष्ट्रिय युवा संघ नेपाल



राष्ट्रिय युवा संघ नेपाल, बुद्धभूमिको दोस्रो अधिवेशनबाट उपेन्द्र चौधरीको अध्यक्षतामा २७ सदस्यीय नगर स्तरीय नयाँ नेतृत्व निर्वाचित गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा आविद अहिनिहार, सचिव शिवराज यादव, कोषाध्यक्ष शंकर महारा, सहचिवमा विशाल घिमिरे, महिला उपसचिवमा हिमा घिमिरे निर्वाचित गरेको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष तिलकराम गिरीले जानकारी दिनु भयो । निकै उत्साहजनक सहभागिता रहेको युवाहरुको बुद्धभूमिका सम्पन्न भेलाबाट नयाँ नेतृत्व चयन गरेको युवा संघ कपिलवस्तुले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एमाले केन्द्रिय कमिटी सदस्य वृजेश कुमार गुप्ताले युवाहरुको भूमिकालाई रचनात्मक बनाउनुपर्नेमा जोड दिदै समाजका विकृतीका विरुद्ध एकतावद्ध लाग्नु पर्ने धारणा राख्नु भयो । समाज परिवर्तनमा युवाहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै विकास निर्माणका एजेण्डाहरुमा समेत भूमिका खेल्न आग्रह गर्नु भयो ।
दोस्रो अधिवेशनमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्मा, एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, प्रदेश सभा सदस्य भुपाल लामिछाने, राष्ट्रिय युवा नेपाल, कपिलवस्तु जिल्ला सह इन्चार्ज गोपालमणी ज्ञवाली, राष्ट्रिय युवा नेपाल, कपिलवस्तुका जिल्ला अध्यक्ष तिलकराम गिरी, एमाले नगर अध्यक्ष धुव्र न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया