

वाणगङगा साहित्यिक प्रतिष्ठानले मनायो १६०औं मोती जयन्ती


राधा पाण्डे, कपिलवस्तु | वाणगङगा साहित्यिक प्रतिष्ठान कपिलवस्तुको आयोजनामा १६० औं मोती जयन्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । मोतिको योगदानलाई कदर गर्दै वाणगङगा नगरपालिका बाल मा. बि . बैरियामा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बाणगङगा प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम ज्ञवालीले मोतीरामले साहित्यमा पुर्याएको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साहित्यमा रस हुनाले पिउन जान्नुपर्छ रस पिउने बानी बसाल्न सके समाज सुध्रने कुरा व्यक्त गर्नुभयो ।
यस्तै साहित्यकार सुर्य प्रसाद भुसाल साथै समाजसेवी डोलकराम घिमिरेले छोटो जीवन कालमा युवाकवि मोतीरामले गजल सहित विभिन्न साहित्यिक विधामा योगदानलाई भुल्न नहुने कुरा व्यक्त गर्नुभयो । यिनले देखाएको बाटो हामी सबैले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दधी स्मृति साहित्य समाजका अध्यक्ष लेखनाथ घिमिरे, कृष्ण पाण्डे, नित्यानन्द पाण्डे, लक्ष्मण आचार्य, बुद्धिसागर बेल्बासे, कृष्णप्रसाद भट्टराई लगायतले बिद्यालयका विद्यार्थिहरुले रचना वाचन गर्नुभएको थियो ।
गजल, कविता, गित लगायतका रचना मार्फत मोतीको सम्झना, सामाजिक विकृती, देशको अवस्था लगायतका विषय समावेश गरिएको थियो । वाणगङगा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्षता, उपाध्यक्ष राधा पाण्डेको स्वागत र संस्थाका सचिव होमनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया