

रूपन्देहीमा ठूलो परिमाणमा विद्युतीय भेप बरामद



रुपन्देही प्रहरीले विद्युतीय भेप सहित ठूलो परिमाणमा राजश्व छलीका अवैध सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलवारबाट एक करोड ७१ लाख २५ हजार मूल्य बराबरका अवैध सामान बरामद गरिएको हो।
गत बुधवार साँझ साढे ६ बजेतिर चेकजाँचमा निस्किएको इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारको टोलीले पिक अप जिपबाट उक्त सामान बरामद गरेको जनाएको छ।
बरामद गरिएका सामानहरूमा ४५ लाख ८२ हजार मूल्य बराबरका ग्रेप आइस कम्पनीका १ हजार ५८० थान, रेलेक्स एसिइ कम्पनीका ३७ लाख २० हजार मूल्यका १ हजार २ सय थान, डोजो कम्पनीका २९ लाख ५३ हजार ५ सय मूल्यका २ हजार ६ सय ८५ थान, रेलेक्स नोभा कम्पनीका ९ लाख मूल्यका ३ सय थान, पिचि प्यासन ब्लाष्ट कम्पनीका २ लाख ४० हजार मूल्यका ९६ थान र एमआर ब्लु कम्पनीका २ लाख ५० हजार मूल्यका १ सय थान गरी ५ हजार ९ सय ६१ थान इलेक्ट्रिक भेप रहेका छन्।
त्यस्तै २९ लाख ७० हजार मूल्य बराबरका १ हजार ३ सय ५० थान विभिन्न कम्पनीका फ्लेभर, इलेक्ट्रिक मिक्स्चर, प्लास्टिक प्याक गर्ने मेसिन र र्यापिङ प्लास्टिक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले लु २ च ६३०३ नम्बरको पिक अप जिप चेकजाँच गर्दा उक्त सामान बरामद गरिएको जानकारी दिए।
प्रहरीले सामानसँगै जिप चालक रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ४ बस्ने ३० वर्षीय नारायण अग्रहरी बनियालाई पनि पक्राउ गरेको जनाएको छ।
बरामद गरिएका सामान, पिक अप जिप र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको डिएसपी कार्कीले बताए।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया