

गर्मीका कारण श्रमिकको ज्यान जोखिममा :संयुक्त राष्ट्रसंघ

विश्वव्यापी तापक्रम लगातार बढ्दै जाँदा श्रमिकहरूको स्वास्थ्य र काम गर्ने क्षमतामा गम्भीर असर परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका स्वास्थ्य र मौसम विज्ञान निकायहरूले सरकार, रोजगारदाता र स्वास्थ्य संस्थाहरूलाई श्रमिकलाई गर्मीको जोखिमबाट जोगाउन तत्काल र ठोस कदम चाल्न आह्वान गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले अत्यधिक गर्मीले बाहिर र भित्र दुवै स्थानमा काम गर्ने श्रमिकलाई असर पुर्याएको उल्लेख गर्दै, कृषि, निर्माण र मत्स्यपालन क्षेत्रका श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका छन् ।
उनीहरूको अनुसार, २० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढ्दै जाँदा प्रत्येक डिग्रीले श्रमिकको उत्पादकता दुई देखि तीन प्रतिशतसम्म घट्ने देखिएको छ । यसले डिहाइड्रेसन, मिर्गौला सम्बन्धी रोग जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।
डब्लुएमओका उपमहासचिव को ब्यारेटले भने, “अत्यधिक गर्मी अब केवल विषुववृत्त नजिकका देशहरूको मात्र समस्या रहेन, यो अब एक विश्वव्यापी सामाजिक चुनौती बनेको छ । श्रमिकलाई गर्मीबाट जोगाउनु केवल स्वास्थ्यको विषय होइन, आर्थिक आवश्यकता पनि हो ।”
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अध्ययन अनुसार विश्वका ७१ प्रतिशत श्रमिक अत्यधिक गर्मीको जोखिममा छन्, जसबाट प्रत्येक वर्ष २२ लाखभन्दा बढी चोटपटक र झन्डै १९ हजार मृत्यु हुने गरेको छ ।
आईएलओका श्रम सुरक्षा प्रमुख जोआकिम पिन्टाडो नुनेसले भने,“यदि हामीले समयमै प्रभावकारी सुरक्षा र रोकथामका उपायहरूमा लगानी गर्यौँ भने विश्वले हरेक वर्ष अर्बौँ डलरको क्षति बचाउन सक्छ ।”
प्रतिवेदनमा विशेष गरी मध्य उमेर र वृद्ध श्रमिकहरू, दीर्घरोगी र कमजोर शारीरिक क्षमताका व्यक्तिहरूलाई उच्च जोखिममा राखेर तिनीहरूको सुरक्षामा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।
डब्लुएचओका वातावरण प्रमुख रुडिगर क्रेचले भने,“हामीले अन्तिमपटक कार्यस्थलमा गर्मीसम्बन्धी निर्देशन सन् १९६९ मा बनाएका थियौँ, तर अहिले जलवायु परिवर्तनको अवस्था निकै गम्भीर भइसकेको छ ।”
डब्लुएमओका वरिष्ठ निर्देशक जोहान स्ट्यान्डरले चेतावनी दिँदै भने,“हामीले अब भविष्यको गर्मी होइन, अहिलेको यथार्थ सामना गर्नुपर्छ — अब विकल्प के छ भनेः या त अनुकूल बन्नु, या त नाश स्विकार गर्नु ।” रासस


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया