

आज दिनभर माैसममा वर्षाकाे संकेत, लुम्बिनी प्रदेशमा भारी वर्षाकाे सम्भावना



हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ।
पोखरामा पछिल्लो एक घन्टामै ४२.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै पर्वतको पचासेमा १७.४ मिलिमिटर, लमजुङको फलेनीमा १४.६ मिलिमिटर, कास्कीको सिकलेसमा १३.७ मिलिमिटर वर्षा पछिल्लो एक घन्टामै भएको छ।
शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
राति देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया