
नक्कली छोरा भन्दै बालक लिएर हिँड्ने साधु प्रहरी नियन्त्रणमा

कपिलवस्तु | कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–९ पडरिया टोलमा एक साधु नक्कली छोरा बनाएर लैजान खोजेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
दिउँसो करिब १२ बजेतिर शिवराज नगरपालिका बसोबासी भएको बताउने ३० वर्षीय बद्री ठाकुर (साधु) नामक व्यक्तिले १३ वर्षीय बालक सुमन सुनारलाई आफ्नो छोरा भन्दै अर्घाखाँचीको सुपा देउराली जाने भन्दै बाटो लागेका थिए । तर बाटैमा जनचेतना आमा समूह (ख) पडरियाका महिलाले शङ्का गरी साधु र बालकलाई सोधपुछ गरेका थिए ।
सोधपुछका क्रममा साधुले बालकलाई आफ्नो छोरा भएको दाबी गरे पनि कुरो मिलेन। उनी छिनछिनमा कुरा फेरिरहेका कारण स्थानीयलाई शङ्का झनै बढेको थियो । पछि सत्य तथ्य नखुलेपछि जनचेतना आमा समूहले वडा कार्यालय–९ मा बुझाए । वडा कार्यालयले तत्कालै दुवैलाई इलाका प्रहरी कार्यालय पिपरामा जिम्मा लगाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बालक वास्तविक रूपमा सुमन सुनार नै भएको तर साधु बद्री ठाकुरसँग कुनै नाता नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ । सोधपुछका क्रममा साधुले किन बालकलाई छोरा बनाएर लैजान खोजेका हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया