

भदौको लागि ८ बैंकले घटाए ब्याजदर, कसको कति?





वाणिज्य बैंकहरूले भदौको लागि ब्याजदर प्रकाशित गरेका छन्। २० वाणिज्य बैंकमध्ये आठ वटाले ब्याजदर घटाएका छन्, एउटाको बढेको छ। अन्यको भने ब्याजदर स्थिर छ।
साउनको लागि व्यक्तिगत निक्षेपमा अधिकतम औसत ५.६९ प्रतिशत ब्याजदर दिएका बैंकहरूले भदौको लागि भने औसतमा ५.५८ प्रतिशत ब्याजदर दिने भएका छन्।
अहिले सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया बैंकमा पाइन्छ। बैंकले ६.२५ प्रतिशत ब्याजदर दिने भएको छ। सबैभन्दा कम लक्ष्मी सनराइज बैंकले दिनेछ। बैंकले अधिकतम पाँच प्रतिशत ब्याजदर दिने भएको छ।
आर्थिक वर्षको पहिलो महिना पनि बैंकहरूबाट जाने कर्जामा सुधार देखिएको छैन। बैंकहरू अझै अधिक तरलताको अवस्थामा रहेकोले लागत घटाउन बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन्।
बैंकहरूसँग अहिले पनि करिब १० खर्ब बराबर कर्जा लगानी योग्य पुँजी छ। बैंकहरूमा करिब ७२ खर्ब २८ अर्ब निक्षेप छ भने ५५ खर्ब ८० अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्।



खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया