

६ करोडभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा चार जना पक्राउ


क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
बिहीबार काठमाडौंको कालो पुलस्थित डेरा कोठाबाट प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। पक्राउ पर्नेमा बाराका दुई जना र भारतका दुई जना छन्।
बाराका २७ वर्षीय ओमप्रकाश जयसवाल, २५ वर्षीय मनमोहनकुमार सिंह, विहारका ३३ वर्षीय विक्रम जयसवाल, ३३ वर्षीय मुन्ना जयसवाल पक्राउ परेका हुन्।
हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।
उक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ गर्दा १५ लाख ३३ हजार रुपैयाँ र पाँच वटा मोबाइल पनि बरामद गरेको छ।
अनुसन्धानको क्रममा ६ करोड ६ लाख ६३ हजार रुपैयाँको क्रिप्टो करेन्सीको कारोबार समेत गरेको देखिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया