

कपिलवस्तुमा अनुदानको मल गायब गरेको आरोपमा एक सहकारी सञ्चालक प्रहरीको नियन्त्रणमा



कपिलबस्तुमा अनुदानको मल गायब गरेको आरोपमा प्रहरीले एक जना सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएको छ । मायादेवी गाउँपालिकाको डुमरास्थित चेतना विकास कृषि सहकारीले एक सय ९७ बोरा युरिया मल गायब भएको विषयमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्टका अनुसार कृषकहरुका लागि ल्याइएको युरिया मल कृषकलाई वितरण नगरी सहकारीले अन्यलाई बेचेको आरोपमा सहकारीका सञ्चालक वशिष्ठ पाण्डेयलाई नियन्त्रणमा लिइएको हो । उहाँले भन्नुभयो, “विभिन्न समाजिक सञ्जाल, नागरिको गुनासो अनुसार मायादेवी ५ बलुहवाका कृषकलाई वितरण गर्न भन्दै कृष्णनगर स्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट ल्याइएको मल गायब भएको जनगुनासो आएको थियो ।” पक्राउ परेका पाण्डेय माथि अवश्यक कारवाही भइरहेको उहाँको भनाइ छ ।
सो विषयमा छानबिनका लागि स्थानीय कृषकहरूले गत साउन ११ गते मायादेवी गाउँपालिकामा समेत निवेदन दिएका थिए । जिल्लामा अनुदानको मल कृषि सहकारी र डिलरले कालोबजारी गर्ने गरेको कृषकहरूले बताएका छन् । ५० किलोको एक बोरालाई साढे नौ सय मा बिक्री गर्नुपर्नेमा कृषि सहकारीले दोब्बर बढी मूल्यमा बिक्री गर्ने गरेको कृषकहरूको भनाइ छ ।
जनता समाजवादी पार्टी नेपालले कृषकहरूलाई रासायनिक मलको सहज आपूर्ति तथा कालोबजारी अन्त्य गर्न माग गर्दै कपिलवस्तुको तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
गोरखापत्रमा नारद कोहारले समाचार लेखेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया