

दाङबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना


दाङको घोराहीबाट रोल्पा जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको माडी गाँउपालिका – १ आरलनेटाका ४२ वर्षीय तिलराम खत्री, माडी–३ दारेकाटनाका ५५ वर्षीय कमल वली, सोही ठाउँकी–६० वर्षीया कौशिला वली, परिवर्तन गाउँपालिका–३ बागमाराकी २५ वर्षीया पवित्रा रोका मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए
त्यस्तै, माडी गाउँपािलका–२ घर्ती गाउँस्थित स्मृति हस्पिटलमा माडी– ३ तालाबाङकी २६ वर्षीया रेजिना रामिजाल, सोही ठाउँकी १४ वर्षीया पूर्णकला विक, १७ वर्षीया शर्मिला विक, १८ वर्षीया एलिशा घर्ती मगर, १७ वर्षीय मनोज विक, १४ वर्षीय नविन विक, माडी– ५ भावाङका २० वर्षीय विवेक घर्ती मगर र चालक रोल्पा नगरपालिका – ७ दाङवाङका २७ वर्षीय होम नारायण विक घाइते भएका छन्। स्मृति हस्पिटलमा उपचार गराइरहेका सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
गाडी चालक २७ वर्षीय होम नारायण विकलाई प्रहरीले सामान्य उपचारपछि नियन्त्रणमा लिएको जानकारी दिएको छ।
दिउँसो पौने २ बजेतिर माडी – २ ब्याङखोलामा गाडी दुर्घटनामा परेको थियो। दाङको घोराहीदेखि सहिद मार्ग हुँदै रोल्पाको तालावाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको फोर्स गाडी सडकदेखि झन्डै ३० मिटर मुनि खसेको थियो।
दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया