

विष्णु माझीले ल्याइन् तीज गीत ‘म त नराउरी’





लोक तथा दोहोरी गायिका विष्णु माझीले नयाँ तीज गीत बुधबार युट्युबमा सार्वजनिक गरेकी छन् ।
यसवर्षको उनको गीत ‘म त नराउरी’ बुधबार बिहान रिलिज भएको हो । गीतलाई ’पुतलीको भट्टी’ भाग २१ श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ ।
गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । भिडियोमा गत वर्षकै गीत ’आइनँ आमा यो तीजमा’की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन् । ६० जना कोरस डान्सर छन् ।
नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको छ ।
सार्वजनिकरुपमा नदेखिने गायिका माझीका गीतलाई लिएर हरेक तीजमा प्रतीक्षा हुने गर्छ । सामाजिक संजालका कतिपय प्रयोगकर्ताले माझीले गीत नल्याएसम्म वास्तविकरुपमा तीज नआउने भन्दै टिप्पणी गरिरहेका हुन्छन् ।
नयाँ गीतमा पनि उनका प्रशंसकको टिप्पणी त्यस्तै छ । नयाँ गीतलाई लिएर मिश्रित प्रतिक्रिया छ । कतिपयले उत्कृष्ट र मर्मस्पर्शी रहेको बताइरहेका छन् भने कतिपयले विगतका गीतजस्तो नरहेको प्रतिक्रिया दिइरहेका छन् ।
तरपनि, माझीको नयाँ गीतले पक्कै पनि प्रशंसकलाई तीज माहोल सिर्जना गर्ने कुरा पक्का छ । नयाँ तीज गीतमा पनि विष्णुले उही नारीको वेदना, माइतीको याद र संघर्षका कुरा गरेकी छन् ।
हेर्नूस गीत :


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया