
कोठी नदी नजिकै मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सैनामैना नगरपालिका–१० फारलाइन, कोठी नदी नजिक दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ०१ ००३ प २०४२ नम्बरको मोटरसाइकलका चालक सैनामैना–११ का हरिनारायण थारुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ९४ प ९७८९ नम्बरको मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले जानकारी दिए।
घाईते हुनेमा कपिलवस्तु नगरपालिका ३ निवासी वर्ष २४ का सफल गैरे र बाणगंगा ४ निवासी वर्ष २० कि सुप्रिया शाही रहेका छन् सुप्रिया को अवस्था चिन्ताजनक रहेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया