

तीजमा ‘ब्राइट लुम्बिनी’ले ल्यायो “टिकटक भिडियो प्रतियोगिता” उत्कृष्टले पाउनेछन् ‘नगद’ पुरस्कार


बाणगंगा । यसपटकको तीज पर्वलाई अझ रमणीय बनाउन ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) कपिलवस्तुले ‘टिकटक भिडियो प्रतियोगिता’ आयोजना गर्ने घोषणा गरेको छ । जसको शुक्रबार एक सूचना जारी गर्दै संस्थाले प्रतियोगितामा भाग लिन इच्छुकहरुलाई निवेदन दिन आह्वान गरेको हो ।
संस्थाले हरितालिका तीजको अवसरमा भदौ ७ गते आयोजना गर्न लागेको वृहत तीज गीत प्रतियोगिता २०८२ का दिन सो प्रतियोगिताको नतिजा समेत सार्वजनिक गर्ने जनाएको छ।
प्रतियोगितामा भाग लिन दर्ता शुल्क नलाग्ने र सहभागी विद्यार्थीले कार्यालयमा आई लिखित रुपमा नाम दर्ता गर्नुपर्नेछ। प्रतियोगितामा ब्राइट लुम्बिनीको गीतमा आधारित टिकटक भिडियो तयार गर्नुपर्नेछ। केटा–केटीको संवाद अंशमा लिङ्गअनुसारको अभिनय गर्नुपर्ने र उत्कृष्टता लाइक र भ्यू को आधारमा तोकिने जनाइएको छ।
प्रतियोगिता साउन २३ गतेदेखि भदौ ५ गते राति १२ बजे सम्म सञ्चालन हुनेछ। विजेतामध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।
थप जानकारीका लागि ०७६–५५००४२ वा ९८५७०२२१०७ मा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ।
ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिले हालै मात्रै संस्थाको आफ्नै गीत सार्वजनिक गरेको छ । ब्राइट लुम्बिनी कपिलवस्तुमा बोलको उक्त गीत प्रबन्धक असिम क्षेत्रीको आफ्नै युट्युव च्यालनबाट सार्वजनिक भएको हो भने अहिले उक्त गीतको चर्चा समेत चुलिदोँ छ । टिकटक भिडियो प्रतियोगितामा पनि सहभागीले सोही गीतमा भिडियो बनाउनुपर्ने बताइएको छ ।



खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया