

उद्योग ब्यापार संघकाे आयाेजनामा कपिलवस्तुमा पहिलाे पटक राष्ट्रिय ओैधाेगिक प्रदर्शनी हुने, ताेकियाे मिति





कपिलवस्तु । उद्योग व्यापार संघ, कपिलवस्तुले पहिलोपटक राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा कृषि, पर्यटन र व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ ।
संघले सोमबार पत्रकार भेटघाटमार्फत मंसिर ५ गतेदेखि १७ गतेसम्म बाणगंगा नगरपालिका–४, जीतपुरस्थित बुद्धरंगशालामा मेला सञ्चालन हुने जानकारी दिएको हो ।
संघका अध्यक्ष खिमानन्द पौडेलले मेलाको उद्देश्य, तयारी र सम्भावनाबारे जानकारी दिँदै मेला जिल्लाको आर्थिक, औद्योगिक, कृषि तथा पर्यटन क्षेत्रको समग्र प्रवर्द्धनमा केन्द्रित रहने बताए ।
“मेला केवल व्यापारिक गतिविधि मात्र होइन, यो हाम्रो जिल्लाको उत्पादन, पहिचान र सम्भावनालाई राष्ट्रिय स्तरमा उजागर गर्ने प्लेटफर्म हो,” अध्यक्ष पौडेलले भने । उनका अनुसार मेलामा देशभरका उद्यमी, व्यवसायी, कृषक, नवप्रवर्तनकर्ताहरूको सहभागिता रहनेछ ।
मेलाको तयारीलाई तीव्रता दिन संघले ३५ वटा उपसमिति निर्माण गरेको जानकारी दिँदै उनले आन्तरिक तथा बाह्य तयारीहरू अगाडि बढाइरहेको बताए ।
कार्यक्रममा बोल्दै संघका संरक्षक टोप नारायण बेल्वासेले प्रदर्शनीले स्वदेशी उत्पादन र सेवाको प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले स्थानीय उत्पादनलाई बजारिकरण गर्न र नवप्रवर्तनका अवसरहरू सृजना गर्न मेला सहयोगी हुने बताए ।
नेपाल पत्रकार महासंघ, कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले सञ्चारमाध्यमको सक्रिय भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै मेला सफल पार्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखे । “यस्ता आयोजनाले जिल्लाको सामाजिक र आर्थिक चेतना सशक्त बनाउन मद्दत पुर्याउँछ,” उनले भने ।
पत्रकार भेटघाट कार्यक्रममा संघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया