



शब्दहरूमा इतिहास बनाउँदै ‘साझाकुरा मिडिया ग्रुप’को गौरवमय छैठौँ वर्ष प्रारम्भ

“भरोसा सबैको अनि सबैको साझा” भन्ने मूल नारालाई आत्मसाथ गर्दै सञ्चारको क्षेत्रमा बेग्लै पहिचान बनाउँदै आएको ई-साझाकुरा डट कम डिजिटल पत्रिका आज आफ्नो पाँचौँ वर्ष पुरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धका पिता शुद्धोदनको ऐतिहासिक दरबार रहेको कपिलवस्तुबाट सञ्चालित यस पत्रिकाले सुरुवातदेखि नै जनताको विश्वास जित्ने र साझा आवाज उठाउने प्रयासलाई निरन्तरता दिएको छ ।
कोभिडको कहालीलाग्दो समयमा सुरुवात २०७७ सालको प्रारम्भतिर जब संसारभरि कोभिड–१९ को त्रास चुलिएको थियो, त्यही कठिन र अनिश्चित वातावरणमा साझाकुरा मिडिया ग्रुप प्रा।लि। द्वारा सञ्चालित इसाझाकुरा डट कमले आफ्नो यात्रा सुरु गरेको थियो । भौतिक रूपमा बाहिर निस्कन सकिँदैनथ्यो, डर र आशंकाबीच सूचना, समाचार र जनचेतनाका भरपर्दो माध्यमको खाँचो खट्किएको थियो। यही आवश्यकतालाई महसुस गर्दै, डिजिटल माध्यममै नयाँ युगको पत्रकारिताको सुरुवात इसाझाकुराले ग¥यो ।
कपिलवस्तुबाट लुम्बिनी प्रदेशसम्मको सशक्त उपस्थिति स्थानीय समाचार मात्र होइन, प्रदेशस्तरका समाचार, सामाजिक विषयवस्तु, जनआवाज र नीतिगत बहसलाई उठान गर्दै इसाझाकुरा डट कम अहिले लुम्बिनी प्रदेशकै प्रभावशाली डिजिटल पत्रिका बन्न सफल भएको छ । शुरुवातमा केही सीमित स्रोत साधनसहित चलेको यो प्लेटफर्म आज हजारौँ पाठकको विश्वासिलो स्रोत बनेको छ । कपिलवस्तु भित्रका गाउँ–नगर, शिक्षा, स्वास्थ्य, राजनीति, प्रशासन, अपराध, कला, संस्कृति, धर्म, पर्यटन लगायतका विषयलाई निरन्तर प्राथमिकतामा राखेर रिपोर्टिङ गरिएको छ ।
सकारात्मक पत्रकारिताको मूल मन्त्र
आजको पत्रकारिता धेरै हदसम्म नकारात्मक घटनाकै पछाडि मात्र दौडिने प्रवृत्तिमा अल्झिएको छ। तर, इसाझाकुरा डट कमले सुरुवातदेखि नै सकारात्मक समाचारलाई मूल आधार बनाउँदै आएको छ । समाजमा भएका राम्रा काम, अग्रगामी प्रयास, युवा नेतृत्व, उद्यमशीलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तन र प्रेरणादायक कथाहरूलाई विशेष प्राथमिकतामा राखिएको छ । हाम्रो मूल विश्वास हो— “नकारात्मक मात्र होइन, सकारात्मक पक्ष पनि समाचार हो।“
यस डिजिटल पत्रिकाले समय–समयमा विश्लेषणात्मक लेख, सम्पादकीय, विचार, अन्तर्वार्ता, भिडियो रिपोर्ट, र स्थानीय मुद्दा आधारित विशेष शृङ्खलाहरू प्रस्तुत गर्दै आएको छ । शिक्षा क्षेत्रमा सुधार, महिला सशक्तीकरण, स्वास्थ्य सेवाको पहुँच, भ्रष्टाचार विरुद्धको जनचेतना, बालबालिकाका अधिकार, वृद्धवृद्धा, सीमान्तकृत समुदायका आवाज आदिलाई निरन्तर स्थान दिइएको छ।
पाँच वर्षको यो यात्रा सजिलो थिएन। आलोचना, आर्थिक चुनौती, प्राविधिक कठिनाइ सबै आइपरे। तर, पाठकहरूको विश्वास, स्थानीय स्रोतको सहयोग, युवाहरुको सकृय सहभागिता र समर्पित पत्रकार टोलीको लगनशीलताले आज इसाझाकुरा डट कम यो स्थानमा आइपुगेको हो । आज हामीसँग दैनिक हजारौँ पाठक, सयौँ प्रत्यक्ष प्रतिक्रिया दिने सामाजिक सञ्जाल प्रयोगकर्ता, र देश तथा विदेशमा रहेका नेपाली समुदायको साथ रहेको छ ।
डिजिटल पत्रकारिताको चुनौतीलाई आत्मसात गर्दै, इसाझाकुरा डट कमले आफ्नै वेब प्लेटफर्म तथा सामाजिक सञ्जालमा सक्रिय उपस्थितिको माध्यमबाट सूचना प्रवाहलाई सहज, द्रुत र भरपर्दो बनाएको छ । हामी नवप्रवर्तन र प्रविधिको सहायताले अझ प्रभावकारी पत्रकारिताको अभ्यास गर्न प्रयत्नशील छौँ।
छैठौँ वर्ष प्रवेशसँगै इ-साझाकुरा डट कम स्थानीय स्तरमै अनुसन्धानमूलक पत्रकारिता, भिजुअल स्टोरी टेलिङ, युवा रिपोर्टर प्रशिक्षण कार्यक्रम, र मल्टिमिडिया केन्द्रित कार्यक्रमको सुरुवात गर्ने योजनामा हामी रहेका छौँ । साथै, हामी सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक कार्यक्रम, माध्यमिक विद्यालयहरूमा डिजिटल साक्षरता कार्यक्रम, र स्थानिय आवाज लाई राष्ट्रिय मञ्चमा पु¥याउने अभियान सञ्चालन गर्ने तयारीमा छौँ ।
यो यात्रामा हामीसँग सहकार्य गर्ने सम्पूर्ण संवाददाता, लेखक, सम्पादक, पाठक, विज्ञापनदाता, सामाजिक अभियन्ता र शुभेच्छुकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौँ । तपाईंहरूको साथ र समर्थनले नै इ-साझाकुरालाई “सबैको साझा“ बनाएको छ ।
आउँदा दिनमा पनि हामी पारदर्शिता, उत्तरदायित्व र निष्पक्षतामा अडिग रहेर जनताको आवाज बन्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
इ-साझाकुरा डट कमको यस वार्षिकोत्सवमा हामी सबैमा सकारात्मक ऊर्जा जागोस्, सञ्चारको माध्यमबाट समाज अझ समावेशी, न्यायपूर्ण र प्रगतिशील बनोस् भन्ने कामना गर्दै“भरोसा सबैको अनि सबैको साझा” भन्ने नारासहित हामी अझ बलियो भएर अगाडि बढ्नेछौँ ।
धन्यवाद सहित,
साझाकुरा मिडिया ग्रुप.प्रा.लि. परिवार

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया