

यो साता ३.९ प्रतिशत बढ्यो सेयर बजार, यी हुन् मूल्य धेरै बढेका १० कम्पनी


यो साता सेयर बजार ३.९ प्रतिशत अर्थात् ११२ अंक बढेको छ । गत साता २८७० अंकमा रहेर बन्द भएको बजार यो साता २९८२ अंकमा पुगेको छ । बजारको यो अंक गत वर्षको साउन ३० यताकै उच्च हो । गत वर्षको साउन ३० गते बजार ३ हजार अंक पुगेको थियो ।
असारको मध्य (१५ गते)बाटै बजारले वृद्धिको रफ्तार समातेको छ । सातामा ५ दिन कारोबार हुँदा सबै दिन बजार बढ्यो । आइतबार जम्मा ०.३२ अंक बढेको बजार सोमबार २१.७६, मंगलबार ८०.९७, बुधबार ५.१७ र बिहीबार ३.७६ अंक बढ्यो ।
यो साता कारोबार रकम पनि उल्लेख्य छ । आइतबार २१ अर्ब ४६ करोडको कारोबार भयो । यो कारोबार रकम ११ महिना (२ भदौ)यताकै उच्च हो । त्यस्तै सोमबार १६ अर्ब ३२ करोड, मंगलबार २० अर्ब ८ करोड, बुधबार १९ अर्ब ५७ करोड र बिहीबार १८ अर्ब ४९ करोडको भयो ।
यो साता सेयर बजारमा बने तीन नयाँ रेकर्ड
यो साता बजारमा तीन वटा नयाँ रेकर्ड बनेको छ । पहिलो रेकर्ड हो बजारको पूँजीकरण । बिहीबार बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । अब बजार बढ्दै जाँदा हरेक दिन पूँजीकरणले नयाँ रेकर्ड बनाउँदै जानेछ ।
त्यस्तै बुधबार अन्य समूहले नयाँ रेकर्ड बनाएको छ । यो समूह सूचक बुधबार हालसम्मकै उच्च २७२७ अंकमा पुग्यो । यो साता सबैभन्दा धेरै बढ्नेमा पनि यहीं समूह रह्यो ।
बिहीबार हाइड्रोपावर समूह सूचकले नयाँ रेकर्ड बनाएको छ । हाइड्रोपावर ३९४१ अंकमा पुगेको छ । हाइड्रोपावरमा नयाँ कम्पनी थपिने क्रम बढ्नु र लगानीकर्ता पनि आशावादी भएकाले यो सेक्टरले उचाइ लिएको छ ।
बैंकलाई तिर्नुपर्ने ब्याज घट्दा वित्तीय लागत घट्न गई कम्पनीहरुको नाफामा सुधार भइरहेको छ । चौथो त्रैमासमा हाइड्रोपावर कम्पनीको रिपोर्ट तुलनात्मक रुपमा राम्रो आउने लगानीकर्ताको विश्वासले यो समूह सूचकले नयाँ रेकर्ड बनाएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया