
९ महिनामा सम्पन्न पुल: ठेकेदारको दक्षता र प्रतिबद्धताको उदाहरण, विकासको नयाँ गन्तव्य वाणगंगा–९

वाणगंगा नगरपालिका–९ स्थित कोइली खोला (ख) मा निर्माण गरिएको पुल नौ महिनामै सम्पन्न भएपछि स्थानीयवासी अत्यन्त उत्साहित भएका छन्। सम्झौताअनुसार निर्माणका लागि दुई वर्षको म्याद रहे पनि समयभन्दा १५ महिना अगावै पुल निर्माण सकिनु लुम्बिनी प्रदेशकै सफल आयोजनामध्ये एक मानिएको छ।
ठेकेदारको अद्वितीय दक्षता र प्रतिबद्धताको यो उदाहरणले अन्य आयोजनाका लागि प्रेरणा जगाएको छ।यो पुल निमार्ण सँग अर्घाखाचिका लागियातायात सहज भई स्थानीय जीवनस्तर र व्यापारिक गतिविधिमा तीव्रता आउने विश्वास गरीएको छ ।
श्रेष्ठ एण्ड एन.बी. जेभी, बुटवल कम्पनीले २०८१ असार २० गते पुल निर्माणको लागि सम्झौता गरेको थियो। कम्पनीका प्रमुख नारायणप्रसाद भुसालका अनुसार पुल निर्माणको सम्पूर्ण काम निर्धारित समयभन्दा धेरै अघि शतप्रतिशत पूरा भएको हो। ७३.५ मिटर लम्बाइ र १० मिटर चौडाइको यो पुलको लागत मूल्य अभिवृद्धि करसहित ११ करोड ४९ लाख २ हजार ८ सय रुपैयाँ रहेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशको योजनाअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुबाट सुरु गरिएको यस पुल निर्माणमा स्थानीय सडक पुल कार्यक्रम, ललितपुरले प्राविधिक सहयोग गरेको साइट इन्चार्ज हरि अर्यालले जानकारी दिए।
यस पुलको निर्माणले बर्खायाममा जोखिमपूर्ण कोइली खोला तर्नुपर्ने बाध्यता समाप्त भएको छ। वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालका अनुसार, पुल नहुँदा स्थानीयले बर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्नुपर्दै आएको थियो। अब पुल बनेसँगै यातायात सहज हुनुका साथै क्षेत्रीय व्यापारिक तथा आर्थिक गतिविधिमा समेत तीव्रता आउने अपेक्षा गरिएको छ।
यो पुल बाणगंगा–मोतिपुर–भलवाड–डोहोटे सडक खण्डमा पर्दछ, जसले पूर्व–पश्चिम राजमार्गलाई अर्घाखाँचीको शीतगंगा नगरपालिकासम्मको गोरुसिँगे–सन्धिखर्क सडकसँग जोड्नेछ। यसले स्थानीय तथा क्षेत्रीय यातायात सुधार गर्दै व्यापारिक सञ्जाललाई नयाँ गति दिने अपेक्षा गरिएको छ।
पूर्वमा कोइली खोला (क) मा पुल निर्माण भइसकेको भए पनि यो पुल बनेपछि सो क्षेत्रको सडक सञ्जाल अझ मजबुत बनेको वडा नं ९ का वडाध्यक्ष कमल पौडेलले बताए। उनका अनुसार, समयमै सम्पन्न भएको यस आयोजना र प्रभावकारी कार्यान्वयनले अन्य ठूला परियोजनाका लागि पनि प्रेरणादायी सन्देश दिएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया