

साउन लाग्दा सम्ममै खडेरी, धान रोपेका किसान चिन्तित





साझाकुरा, कपिलवस्तु | समयमै वर्षा नहुँदा कपिलवस्तुसहित तराईका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ। आकाशे पानीको भरमा रहेका यहाँको दक्षिणी भेगका किसान अझ बढी मारमा परेका छन् भने वर्षा नहुँदा खोला उत्तरी चुरेक्षेत्रमा पानीको मूल नफुटेपछि जिल्लाको उत्तरी क्षेत्रमा पनि खोला वर्षायाममा पनि सुख्खा छन् । जसका कारण जिल्लाभरका किसानलाई यतिबेला रोपेको धान खेत सुक्ने चिन्ता छ ।
स्थानीय कृषकले भनेका छन्, ‘यो वर्ष पानी पर्ने आशा त थियो, तर चाहिएको बेला पानी परेन। हामी आकाश हेरेर बसेका छौँ, धानको रोपो सुक्न थालेको छ।’
जेठको अन्तिमबाट धान रोपाई सुरु गरेका किसानले असार महिनाभर आकाशबाट पानी नपर्दा वर्षायामको असारे महिना सुख्खा खडेरीमा बिताउनु पर्याे । साउन पहिलो साता पनि पानी नपरेपछि भने किसानमा थप चिन्ता बढेको छ ।
किसानले समयमै सिँचाइको व्यवस्थाका साथै मल, बिउ र अन्य कृषि उपकरणमा अनुदान माग गर्दा नपाइरहेका बेला यसपटक मौसमले समेत किसानलाई ठगेको छ । देशभर हालसम्म करिब ६० प्रतिशत धान रोपाइँ भएको छ। कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो। गत वर्षको तुलनामा करिब ८ प्रतिशतले रोपाइँमा कमि पनि आएको छ । यसको असर यस वर्ष धान उत्पादनमा पर्ने निश्चित बनेको छ ।
प्रतिशतका हिसाबले लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको देखिन्छ ।
मन्त्रालयले गत आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार देशका केही भागमा रोपाइँ जारी छ। आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ।
मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुन्छ। पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ। धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने जनाइएको छ। यसवर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने मन्त्रालयको भनाइ छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया