

नयाँ आर्थिक वर्ष सुरु, के–के हुँदैछन् नयाँ परिवर्तन ? (भिडियोसहित)

आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो ।
सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ । त्यसअघि लेखापाल, राजश्व तथा खर्च प्रणालीका लागि निश्चित अवधि तोकिने गरिएको थिएन ।
नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ ।
अहिले सङ्घीय प्रणाली अनुसार तीन तहका सरकारले बजेट सार्वजनिक गर्ने गर्छन् । ती बजेटको पूर्ण कार्यान्वयनको सुरुवात आजैदेखि हुनेछ । त्यसो त, नेपाल सरकारले जेठ १६ गतेदेखि नै बजेट कार्यान्वयन सुरु गर्नसक्ने व्यवस्था विनियोजन ऐनमा गरेको थियो । यद्यपि त्यतिबेला आवश्यक खर्च गर्नसक्ने अवस्था थिएन ।
यस अन्तर्गत बजेटको विनियोजन तथा स्रोतको सङ्कलनका लागि विभिन्न व्यवस्था गरिएका हुन्छन् । तीमध्ये प्रदेश र स्थानीय सरकारका सबै र सङ्घ सरकारका अधिकांश प्रावधान साउन १ गतेदेखि लागु हुने गर्छन् । भन्सार र अन्तशुल्कसँग सम्बन्धित विषय भने बजेट भाषण भएलगत्तै लागु हुने व्यवस्था छ ।
यसपटकको बजेटमा सरकारले करको दरमा सामान्य मात्रै परिवर्तन गरेका छन् । त्यसमध्ये साउन १ गतेदेखि नै कतिपय व्यवस्था लागु भइसकेका छन् । यद्यपि विलासिता कर लगायतका केही व्यवस्थाको कार्यान्वयन आजदेखि सुरु हुनेछ । त्यस्तै, सरकारले विभिन्न व्यवसाय तथा व्यक्तिका लागि दिइएका छुट समेत आजैदेखि लागु हुनेछ ।
सरकारले यो वर्ष आयकरको स्ल्याबमा कुनै पनि परिवर्तन गरेन । प्राकृतिक व्यक्तिले गर्ने आयमा १ देखि ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्थालाई निरन्तरता नै दिइएको छ । आजदेखि व्यावसायिक संस्थाहरूले नयाँ आर्थिक वर्षका लागि छुट्टै बिलबिजक जारी गर्नु पर्ने व्यवस्था छ ।
सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्ने गरेको छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया