

वाणगंगामा कारको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते





कपिलवस्तुको वाणगंगा नगरपालिका–८ स्थित चप्परगाउँमा मंगलबार दिउसो कारको ठक्करबाट स्कुटर चालक गम्भीर रूपमा घाइते भएका छन्। वडा नम्बर ८ स्थित चप्परगाउँमा बा २० च ३२४६ नम्बरको कारले स्कुटरलाई ठकर दिएको हो ।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार कारले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ । कारको ठक्करबाट लु ३८ प ९१९४ नम्बरको स्कुटरमा सवार बाणगंगा नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ६५ का काशिराम पौडेल घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते पौडेलको उपचारका लागि बुटवल रेफर गरिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकलाई तत्कालै स्थानीयवासीको सहयोगमा उपचारका लागि अस्पताल लगिएको भए पनि यहाँ उपचार सम्भव नभएपछि बुटवल रेफर गरिएको हो ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले साझाकुरालाई जानकारी दिएको छ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया