

दाङमा बाघको छाला र ओखेटोपहारसहित तीन जना पक्राउ



दाङ | दुर्लभ वन्यजन्तु पाटे बाघको छाला (ओखेटोपहार) सहित तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाघको छालाको अवैध कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
शनिवार दिउँसो प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयको कमान्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब २ बजे गढवा गाउँपालिका–६, खवरी गाउँमा छापा मारेको हो । सो क्रममा स्थानीय ४१ वर्षीय विक्रम बुढामगरको घरमा लुकाइछिपाई राखिएको बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेहरूमा दाङ राजपुर गाउँपालिका–१, गुरुङ खोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी, बर्दिया बारबर्दिया नगरपालिका–४, पदनाहका ३३ वर्षीय अनिल थारु र घरधनी विक्रम बुढामगर छन् । इलाका प्रहरी कार्यालय गढवाको समन्वयमा गरिएको खानतलासीका क्रममा बुढामगरको घरको माथिल्लो तलामा रातो प्लास्टिकको जेब्रा झोलाभित्र लुकाइएको बाघको छाला फेला पारिएको हो । बरामद गरिएको छालाको लम्बाइ शिरदेखि पुच्छरसम्म ९ फिट २ इन्च र चौडाइ ३ फिट २ इन्च रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया