

ल्याव टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसीमा रुची भएका विद्यार्थीको रोजाई बन्दै ‘कपिलवस्तु टेक्निकल इन्टिच्यूट’


२१ औं शताब्दी बढ्दो प्रविधिको प्रयोगसँगै पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेका छन् । वि.सं. २०५४ मा स्थापित विगत लामो समयदेखि दक्ष स्वास्थ्यकर्मीहरु उत्पादन गर्दै आएको स्वास्थ्य क्षेत्रमा रुची भएका विद्यार्थीका लागि शैक्षिक सत्र २०८१/८२ का लागि स्वास्थ्य क्षेत्रको ल्याव टेक्निसियन, फिजियोथेरापी र एच.ए. फार्मेसी विषयमा कपिलवस्तु टेक्निकल इन्टिच्यूटमा भर्ना खुलेको जनाएको छ ।
निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेले ३ वर्षे कार्यक्रम अन्तर्गत प्रतिष्ठानमा एच.ए. ल्याव टेक्निसियन, फार्मेसी र फिजियोथेरापी अध्ययन हुँदै गरेको र एस.ईंई. उत्तीर्ण गरेका विद्यार्थीले यी विषयहरु अध्ययन गर्न पाउने बताए ।
पाण्डेले स्वास्थ्य क्षेत्रको प्राविधिक विषय अध्ययन गरेमा विदेशिनु नपर्ने र स्वदेशमै सहजै रोजगार पाइने बताए । पाण्डेले भने हामीले राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेको बताउँदै आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास गर्न प्राविधिक शिक्षा अत्यावश्यक रहेको बताए ।
पाण्डेयले हाम्रो अवस्थाको सबैभन्दा जिम्मेवार अहिलेको शिक्षा नै भएको र प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि परेकाले आफूले प्राविधिक शिक्षालाई जोड दिँदै प्रतिष्ठानमा स्वास्थ्य क्षेत्र अन्तर्गत प्राविधिक शिक्षाको अध्यनको सुरुवात गरेको तर सरकारकै निर्णयका कारण बीचमा अध्यापन रोकिएको र पुनः संचालनमा आउन लागेको बताए ।
विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धि प्राविधिक शिक्षा आर्जन गरेमा कोही पनि बेरोजगार बस्न नपर्ने स्वास्थ्यकर्मी मनिषा पौडेल बताउँछिन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया