शुद्धोदन मा.वि जिनुवामा प्रधानाध्यापक फेरबदल, नयाँ जिम्मेवारी मिश्रलाई प्रदान

कपिलवस्तु : कपिलवस्तुको बाण्गंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित शुद्धोदन जन जीवन माध्यमिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त भएका छन् । विद्यालय व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विद्यालयको नयाँ प्रधानध्यापकको जिम्मेवारी सोही विद्यालयमा कार्यरत शिक्षक कौलेश्वर प्रसाद मिश्रलाई प्रदान गरेको हो ।

यस अघि २०७६ साल देखि यस विद्यालयमा प्रअ अनिता कडेँल रहेकी थिइन् । विद्यालय व्यवस्थापन समितिको बैठकले स्थायी शिक्षक तथा वरिष्ठताको आधारमा मिश्रलाई विद्यालयको प्रधानध्यापकको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ ।

२०७६ मंसिरदेखि निमित्त प्रधानध्यापकको भूमिकामा रहेकी अनिता कंडेलको कार्यकाल २०८१ मंसिरमा पाँच वर्ष पूरा भएसँगै समाप्त भएको र त्यसपछि विद्यालयमा नयाँ नेतृत्व कसलाई दिने भन्ने विषयमा लामो छलफल हुँदै आएकोमा समितिले मिश्रलाई नयाँ प्रअ तोकेको हो ।

विद्यालय व्यवस्थापन समितिका अनुसार, शिक्षा ऐन, नियमावली र शिक्षा मन्त्रालय अन्तर्गत शिक्षक व्यवस्थापन शाखा सानोठिमी, भक्तपुरको मिति २०७३ पुस २४ गतेको परिपत्रको आधारमा विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूमध्ये जेष्ठता (वरिष्ठता) को आधारमा मिश्रलाई जिम्मेवारी दिइएको बताइएको छ ।

समितिको बैठकले गरेको निर्णयमा भनिएको छ, यस शुद्धोदन जनजीवन माध्यमिक विद्यालयमा मिति २०७६ साल मंसिर देखि कार्यभाक प्रअ को रुपमा नियुक्त भई काम काज गर्दै आउनु भएका श्री अनिता कडेलको विद्यालय प्रतिको–लगनसिलता र जिम्मेवारी कम हुदै गएको र यस विद्यालयमा कार्यरत मा.वि विषयका स्थायी शिक्षक श्री कौलेश्वर प्रसाद मिश्रा वरीष्ठ (जेष्ठ नियुति) भएकोले नेपालको शिक्षा ऐन नियमावली तथा नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग, विद्यायल शिक्षक व्यवस्थापन शाखा सानोठिमि भक्तपुरको मिति २०७३/९/२४ को परिपत्रानुसार बरिष्ठ शिक्षकहरु मध्येबाट हालको प्र.अ श्री अनिता कंडेलको सट्टामा श्री कौलेश्वर प्रसाद मिश्रलाई निमित्त प्रअ.को जिम्मेवारी यहि मिति २०८२ साल असार १७ गते देखि लागु हुने गरी प्रधानाध्यापकमा नियुकत गर्ने निर्णय गरियो ।

उक्ता निर्णयमा व्यवस्थापन समितिका तर्पबाट ६ जनाले हस्ताक्षर गरेका छन् भने विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल बेल्वासेले आमन्त्रीतका रुपमा हस्ताक्षर गरेका छन् । उक्त निर्णयमा व्यवस्थापन समितिका पदेन सदस्य वडा अध्यक्ष कमल पौडेलसहित, समितिका सदस्य बिन्द्रबहादुर गुरुङ र सदस्य सचिवका रुपमा कार्यवाहक प्रअ अनिता कंडेल अनुपस्थित देखिन्छन् ।

यता नयाँ प्रधानध्यापकका रूपमा जिम्मेवारी पाएका मिश्र गत वर्षको साउनमा सरुवा भई अर्घाखाँचीबाट शुद्धोधन मा.वि जिनुवामा हाजिर हुन आएका थिए । उनले अब विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय दायित्व सम्हाल्ने समितिले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिले मिश्रको कार्यकाल विद्यालयलाई अझ गुणस्तरीय शिक्षाको दिशामा लैजाने दावी गरेको छ ।

प्रतिक्रिया

खबर सबै