

सुस्तायो ‘बुटवल–गोरुसिङ्गे’ सडक निर्माणमा कामको गति, कामदार नभइ मौसम बन्यो बाधा





राजेन्द्र खनाल, कपिलवस्तु | शिलान्यास भएको झण्डै चार महिना तिव्र गतिमा काम भइरहेको बुटवल–गोरुसिङ्गे सडक निर्माणको गति पछिल्लो एक महिनाको अवधिमा भने सुस्ताएको छ । तीव्र गतिमा काम अघि बढेको सडक निर्माणमा पछिल्लो एक महिनामा कामदार अभावले भन्दा पनि मौसमका कारणले काम केही कम भएको आयोजनाका इन्जिनियर कुशलता न्यौपानेले बताइन । वाल र पुल निर्माणका काम चलिरहेको स्थानमा केहि मात्रामा काम भइरहेको उनको भनाई छ । इन्जिनियर न्यौपानेका अनुसार अहिले सम्मको सडकको भौतिक प्रगति भने १० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५ दशमलव ५ प्रतिशत छ ।
वैशाख देखि मौसमले सडक निर्माणको काममा प्रतिकुल प्रभाव पार्न थालेसँगै अहिले काममा केही सुस्तता आएको जनाइएको छ । अब भादौ १५ पछि मनसुनी अवस्थालाई हेरेर कामले गति लिने आयोजनाका प्रमुख इन्जिनियर न्यौपानेले बताइन । उनका अनुसार निर्माण कम्पनीलाई हालको मुख्य सडक मर्मत तथा सम्हारका लागि समेत आफूले निर्माणपक्षलाई आग्रह गरेको बताइन । अझै करिब डेढ वर्ष पुरानो पिच सडक भत्काउने योजना नरहेको भन्दै उनले साइडको पिच नबन्दा सम्म मुख्य सडक मर्मत गर्ने योजना अनुसार काम गर्न आफूले भनेको उनले जानकारी दिइन । नागरिकहरुको यात्रालाई सहजता हुने गरी नै काम भइरहेको उनको दाबी छ । सडकमा ट्राफिक नबढोस नै भनेर काम भइरहेको छ, न्यौपानेले भनिन् ।
अहिले आयोजनामा साइटमा माटो फिलिङको काम भइरहेको अवस्थामा पानीले प्रभाव पारेको छ । अब यो काम असोज लागेसँगै मात्र सुचारु हुने देखिन्छ ।
झन्डै ५० किलोमिटर सडक खण्डमा रूपन्देहीतर्फ निर्माण हुने २० पुलमध्ये हाल १२ वटा पुलको फाउन्डेसनअन्तर्गत पाइल क्यापको काम सकेर सब स्ट्रक्चरको काम सुरु भएको छ । कपिलवस्तुमा बाणगंगा नदिमा पुलको स्ट्रक्चरको काम भइरहेको छ ।
सडक विस्तारका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सम्झौता गरेका छन् । निर्माण कम्पनीले हालसम्म पेश्कीवापत मोबिलाइजेसन खर्चमा ५५ करोड ७७ लाख र बिलवापत ४७ करोड ४६ लाख गरी कुल १ अर्ब ३ करोड रुपैयाँ भुक्तानी लिएको सडक परियोजनाका सूचना अधिकारी एवं लेखा प्रमुख राजेन्द्र आचार्यले बताए ।

सडकको रूपन्देही खण्डतर्फ १९ ठाउँमा आरसीसी ढलान र रिटेनिङवालको काम चलिरहेको छ । यस्तै, कपिलवस्तुतर्फ ८ वटा पुलको पाइल फाउन्डेसनको काम अन्तिम चरणमा पुगेको छ । सडक खण्डकै सबैभन्दा लामो ३ सय मिटर लम्बाइको पुल बाणगंगा नदीमा रहेको र त्यसको फाउन्डेसनको काम ६० प्रतिशत सकिएको जनाइएको छ । ‘तीन सय मिटर लामो पुलमा ११ वटा फाउन्डेसन निर्माण गर्नुपर्नेछ,’ ‘तीमध्ये ५ वटा निर्माण भइसकेका छन् र अन्यको पनि काम जारी छ।’
यस्तै, कपिलवस्तुतर्फ १९ वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा ९ वटा अन्तिम चरणमा पुगेका छन् र अन्य १० वटामा पनि निर्माणको काम चलिरहेको छ । सडकको पहिलो चरणमा रूपन्देहीमा ३० र कपिलवस्तुमा १९ किलोमिटर सडक विस्तार गरिनेछ । त्यस्तै, दोस्रो चरणमा गोरुसिङ्गेदेखि चन्द्रौटासम्मको १९ किलोमिटर खण्डमा काम हुने सडक विभागले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया