

लायन्स क्लव अफ कपिलवस्तुको पद हस्तान्तरण कार्यक्रम, नयाँ नेतृत्व, नयाँ उमंग


लायन्स क्लव अफ कपिलवस्तुको ८ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वाणगंगा १ स्थित मायादेवी रिर्सोटमा वाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्यालको प्रमुख आथितियतामा कार्यक्रम सम्पन्न भएको हो ।
आयोजित कार्यक्रममा लायन वर्ष २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेले २०२५/२६ का अध्यक्ष नारायण पौडेललाई लायन्स माला लगाएर पद हस्तान्तरण गर्नुभएको थियो भने २०२४/२५ का सचिव दामोदर पन्थीले २०२५/२६ का सचिव सन्दिप भट्टराईलाई सचिवको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै २०२४/२५ का कोषाध्यक्ष विष्णु घिमिरेले २०२५/२६ का कोषाध्यक्ष मनोज पौडेललाई संस्थाको कोष हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेले वर्षभरी गरेको सहयोग लायन सदस्यहरुले गरेको भन्दै मायाको चिनो वितरण गरिएको थियो ।

क्लवले २०२४/२५ मा क्लवलाई उच्च कन्टियुबिसन गरेको भन्दै लायन भरत राना, लायन वर्ष २०२४/२५ मा आयोजित कार्यक्रम मध्ये सबै भन्दा बढी कार्याक्रम संयोजक तर्फ सन्दिप भट्टराई, मिडिया तर्फ मिडिया संयोजक लायन नवराज बेल्वासे तथा संचारकर्मी राजेन्द्र खनाललाई क्लवले सम्मान गरेको थियो ।
क्लवले हरेक वर्ष दिने लायन हिरो अफ द इयर २०२४/२५ का सचिव दामोदर पन्थीले हात पारेका थिए ।
नव निर्वाचित वर्ष २०२५/२६ का अध्यक्ष नारायण पौडेललाई निर्वाचन समिति संयोजक तथा नि.वर्तमान अध्यक्ष ओम प्रकास घिमिरेले निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा डिस्ट्रिक ३२५ पिका डिस्ट्रिक गर्भनर पुरुषोत्तम भक्त प्रधाङ्ग, २०२५/२६ का इलेक्ट गर्भनर बालाराम भट्टराई, प्रथम गर्भनर सन्दिप कसौधन, द्धितिय गर्भनर मिना पन्थी सहितको डिस्ट्रिक टिमको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा क्लवका पुर्व अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै वाणगंगा नगर प्रमुख अर्यालले क्लवले गरेको कामको प्रशंसा गरेर देशभर क्लवले आफु र जिल्लालाई चिनाएकोले लायन्स कपिलवस्तुको व्याख्य गर्ने शब्द नै नभएको बताउनु भएको थियो ।
आयोजित कार्यक्रम वर्ष २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता, इलेक्ट अध्यक्ष नारायण पौडेलको स्वगत मन्त्व्य, इलेक्ट द्धितिय उपाध्यक्ष सागर घिमिरेको सयोजन गरेको कार्यक्रम वर्ष २०२४/२५ का सचिव दामोदर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दा हेर्दैमा
-
स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार
-
समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
-
गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह
-
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने










प्रतिक्रिया