

कपिलवस्तुमा रोपाइँमा जाँदै गर्दा टेक्टर दुर्घटना – २ जनाको मृत्यु, ४ घाइते


कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–८ दोहोनीमा रोपाइँका लागि गइरहेको टेक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्।
स्थानिय २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कुमारी कोरीको घटनास्थलमै ज्यान गएको वडा नम्बर ८ का वडाध्यक्ष शिवकुमार पाण्डेयले जानकारी दिए। उनका अनुसार रोपाइँ गर्न खेततर्फ जाँदै गरेको टेक्टर नयाँ बनेको माटोको बाटोमा चिप्लिएर सTraकका छेउमा रहेको पोखरीमा खसेको थियो।
दुर्घटनाका बेला टेक्टरमा ६ जना सवार थिए। घाइते भएका अन्य ४ जनाको कपिलवस्तु जिल्ला अस्पताल, तौलीहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया