

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको आपतकालीन बैठक आज


अमेरिकाले इरानका मुख्य तीन आणविक केन्द्रमा हवाई आक्रमण गरेपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको गभर्नर मण्डलको आपतकालीन बैठक आज बस्दैछ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था आईएईएका अनुसार ती क्षेत्रमा अहिलेसम्म विकिरणको मात्रा बढेको प्रमाण भेटिएको छैन ।
आईएईएका प्रमुख राफाएल ग्रोसीले अमेरिकी आक्रमणलाई गम्भीर भन्दै आणविक पूर्वाधारमाथि आक्रमण अस्वीकार्य भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
इरानका परराष्ट्र मन्त्री सैयद अब्बास आरागचीले आक्रमणलाई गम्भीर र दीर्घकालीन असर पार्ने भन्दै सबै विकल्प खुला रहेको चेतावनी दिनुभएको छ ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले विश्वव्यापी सुरक्षा सतर्कता जारी गर्दै आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
इजरायल–इरान तनावका कारण मध्यपूर्वमा यात्रा र हवाई मार्ग अवरुद्ध हुने सम्भावना बढेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया