
कोशीदेखि कर्णालीसम्म भारी वर्षा, सबैभन्दा धेरै पानी परेको रेकर्ड कपिलवस्तुमा

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा गएराति भारी वर्षा भएको छ । गएराति लुम्बिनीको कपिलवस्तु जिल्लास्थित भगवानपुरमा सबैभन्दा धेरै १०६.८ मिलिमिटर वर्षा भएको छ । यो गत ६ घण्टाको वर्षा मापन हो ।
यसैगरी गण्डकीको गोरखास्थित गोरखा एग्रोमेट केन्द्रमा १०३ र बागमतीको चितवनस्थित चर्चरे केन्द्रमा १०१.४ मिलिमिटर वर्षा मापन भएको छ । चर्चरेमा आज बिहान एक घण्टायताको वर्षा पनि ४४.८ मिलिमिटर मापन भएको छ ।
चितवनको गोबिन्द बस्ती, दाङ देउखुरीको रङसिङ र लालमटियामा केन्द्रमा पनि भारी वर्षा भएको छ ।
यसैगरी झापाको दमक, रौतहटको रजुवा, सप्तरीको रुपनीबजार, नवलपरासीको देउराली, सुर्खेत विमानस्थल र सुर्खेतकै रातानाङ्ला स्टेसनमा पनि भारी वर्षा भएको छ ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया