
टिप्परको ठक्करबाट रुपन्देहीमा २ जनाको मृत्यु

रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका ७ गरगट्टिमा लु २ ख २४७४ नम्बरको टिप परले विपरीत दिशातर्फबाट आउँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
घटनामा मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका ५ बस्ने २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा सवार मर्चवार गाउँपालिका ५ बस्ने १७ वर्षीय अमित यादव सामान्य घाइते भएका छन् । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया