

टिप्परको ठक्करबाट रुपन्देहीमा २ जनाको मृत्यु



रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका ७ गरगट्टिमा लु २ ख २४७४ नम्बरको टिप परले विपरीत दिशातर्फबाट आउँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
घटनामा मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका ५ बस्ने २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा सवार मर्चवार गाउँपालिका ५ बस्ने १७ वर्षीय अमित यादव सामान्य घाइते भएका छन् । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया