

टिपरको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु



टिपरको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो।
बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार उक्त दुर्घटनामा परी सम्मरीमाई रोहिनिहवाका २० वर्षीय समीर खान र कोटहिमाई ४ का शिवनाथ ठाकुरको मृत्यु भएको हो।
मोटरसाइकलमा तीन जना सवार रहेकोमा एक जना घाइते भएका छन्। मोटरसाइकललाई ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया