

रुपन्देहीको ‘दानापुर ताल’ कमल फूलले तान्यो पर्यटकको मन (भिडियो)




रुपन्देही, कञ्चन गाउँपालिका–१ स्थित दानापुर ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। केही समयअघिसम्म शान्त र सुनसान देखिने यो ताल अहिले पर्यटकहरुको घुइँचोले रमाइलो बनेको छ।
पहिले पिकनिक स्थलको रूपमा मात्र परिचित दानापुर ताल अहिले कमल फूलको बहारसँगै थप चर्चित भएको हो। तालभरि फैलिएको मनमोहक कमल फूलले दृश्यलाई झनै आकर्षक बनाएको छ। दैनिकजसो दर्जनौं पर्यटकहरू यहाँ कमल फूलको दृश्य अवलोकन गर्न र डुङ्गा खियाउन आइपुग्ने गरेका छन्।
९२ बिघा क्षेत्रफलमा फैलिएको तालमा बोटिङको व्यवस्था गरिएको छ भने स्थानीय माछा पनि उपलब्ध छन्। पर्यटकलाई थप आकर्षित गर्न हालै तालमा मोटरबोट सेवा पनि सञ्चालन गरिएको छ। विशेषगरी पहिलोपटक यो वर्ष तालभरि झपक्कै कमल फूल फुलेपछि पर्यटकको चाप अघिल्ला वर्षको तुलनामा निकै बढेको देखिन्छ। सामाजिक सञ्जालका लागि फोटो र भिडियो बनाउने पारखीहरू पनि यहाँ बाक्लै देखिन थालेका छन्।
यता, कमल फूल यति धेरै फैलनु कसरी सम्भव भयो भन्नेमा स्थानीयवासी समेत अचम्मित छन्। प्राकृतिक रूपमा फुलको यस्तो वृद्धि भएकाले तालको आकर्षणमा वृद्धि हुनु स्वाभाविक हो भन्ने उनीहरूको बुझाइ छ।
तर, पर्यटनको सम्भावना बढ्दाबढ्दै पनि ताल क्षेत्रको सफा-सुग्घरता र व्यवस्थापनमा भने कमी देखिएको छ। तालको संरक्षणमा लागिरहेको सामुदायिक वन समूहले पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको भए पनि सरसफाइ, बेञ्चको व्यवस्था, बाटोको सुधार, खानेपानी वा फोहोर व्यवस्थापन जस्ता काममा ध्यान दिन नसकेको स्थानीयको गुनासो छ।
स्थानिय सरकार र सरोकारवालाहरूले यथाशक्य चाँडो व्यवस्थापनमा ध्यान दिन सके दानापुर ताल रुपन्देहीको एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना प्रवल देखिन्छ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया