



सिन्डिकेटको सेटिङ खुल्दा डिभिजन वनले रोक्यो करोडौंको काठ लिलामी

गोरुसिंगे सडक विस्तारका क्रममा सङ्कलन गरिएका करोडौं मूल्यका काठको लिलामी प्रक्रिया कपिलवस्तु डिभिजन वन कार्यालयले अन्तिम समयमा रोकेको छ। लिलामी प्रक्रियामा व्यवसायीहरूबीच मिलेमतो भएको सूचना प्राप्त भएपछि डिभिजनले सोमबार टेन्डर स्थगित गरेको हो।
डिभिजनले जेठ १२ मा सार्वजनिक सूचना जारी गर्दै २६ हजार ५६८.५६ क्युविक फिट गोलिया काठ र १५९.७५ चट्टा दाउरा लिलामी गर्ने जनाएको थियो। तर अन्तिम म्यादसम्म दुई लटबाहेक सबै लटमा अत्यन्त कम टेन्डर फारम बिक्री भएको र अन्तिम घडीमा व्यवसायीहरू समूहबद्धरूपमा बोलपत्र दर्ता गर्न पुगेपछि प्रक्रिया नै शंकास्पद बनेको डिभिजनले जनाएको छ।

“व्यवसायीहरू मिलेर न्यूनतम दरमा काठ हात पार्ने प्रयास गरिरहेका थिए भन्ने प्रमाण पाएपछि लिलामी स्थगन गरिएको डिभिजनल वन अधिकृत इश्वरीप्रसाद पौडेलले बताए। उनले पारदर्शिता नहुँदा प्रक्रिया रोक्न बाध्य भएको जनाए ।
स्थानीय व्यवसायी संघको संरक्षणमा लामो समयदेखि कपिलवस्तुमा काठ लिलामीमा सिन्डिकेट चल्दै आएको र बाहिरी जिल्लाका व्यवसायीलाई प्रतिस्पर्धाबाट टाढा राख्ने गरिन्छ भन्ने आरोपसमेत उठेको छ। वन कार्यालयले अब निष्पक्ष प्रक्रिया सुनिश्चित गर्दै नयाँ मिति तय गर्ने जनाएको छ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया