

कपिलवस्तुबाट ब्राउन सुगरसहित दुई जना पक्राउ



कपिलवस्तु | कपिलवस्तुको मायादेवी गाउँपालिका–१, बर्रोहियाबाट १८८.९५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । लागु औषध कारोबार भइरहेको गुप्त सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन मणि अधिकारीका अनुसार पक्राउ परेकामा मायादेवी गाउँपालिका–३, खैराटी निवासी अन्दाजी २८ वर्षीय विनोदकुमार पाण्डे र मायादेवी–८, नन्दनगर निवासी ३५ वर्षीय श्यामसुन्दर यादव रहेका छन् ।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा तथा इलाका प्रहरी कार्यालय पकडीको संयुक्त टोलीले लु. ९५ प. ६०८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर कपिलवस्तु जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया