

रूकुमपश्चिमम मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु



रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका-२ सिम्रुतु बजार नजिकैको घुम्तीमा मिनीट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।
उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको मृत्यु भएको हो। सोही स्थानका ३४ वर्षीय सहचालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
उनका अनुसार रा १ क १४१२ नम्बरको रारा प्रोसेसिङ कम्पनी प्रालि घोराही दाङबाट सञ्चालित मिनीट्रक दाङबाट रूकुमपश्चिम खलंगातर्फ पानीको जार लिएर आउँदै गरेको अवस्थामा दुर्घटना परेको थियो ।
ट्रकको ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब दुई सय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया