

मल नपाएपछि किसान चिन्तामा


पश्चिम नवलपरासीका किसानले आवश्कताअनुसार मल खरिद गर्न नपाएपछि चिन्तामा परेका छन् । रोपाइँ गर्ने समयमा आवश्यकताअनुसार मल नपाउँदा खेतीपाती राम्रो नहुने भन्दै उनीहरू चिन्तामा परेका हुन् ।
पाल्हीनन्दन गाउँपालिका–४ का ज्ञानेश्वर सहानीले समयमा मल नपाउँदा उत्पादन वृद्धि नहुने भन्दै चिन्ता व्यक्त गरे । उनले हरेक वर्ष यस क्षेत्रका किसानले मलको समस्या झेल्दै आएको सुनाउँदै सरकारी निकायले आफूहरूको समस्यामा ध्यान नदिएको गुनासो गरे ।
‘मलको समस्या सधैँ बल्झिरहन्छ, मल नपाउँदा भारतबाट महँगोमा मल किनेर ल्याइन्छ । त्यो पनि प्रहरीहरूको गाली खानुपर्छ त कहिले कुटाइ खानुपर्छ,’जनत्री यादवले भने। रासायनिक मलको अभाव भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता बढेको उनले बताए ।
‘धान रोपाइँ सुरु भइसकेको छ । खेती सुरू गर्नुभन्दा पहिले मलखादको जोहो गर्नुपर्ने हो । अहिले आवश्यकता बमोजिम मल पाउन सकिएको छैन,’ यादवले भने ‘पश्चिम नवलपरासीमा आवश्यकताअनुसार रासायनिक मल मौज्दात नहुँदा समस्या सिर्जना भएको हो ।’ उनका अनुसार खरिद बिक्री ऐन प्रक्रिया लामो रहेको र खेती गर्ने समय आइसकेकाले समस्या हुने देखिएको कृषि सामग्री कम्पनी परासीले जनाएको छ । कम्पनीसँग भएको मल सहकारीले समयमा नलगेपछि किसान समयमा खरिद गर्न पाएका छैनन् ।
जिल्लामा ८० वटा सहकारी छन् । जसमा ७३ वटा सहाकारीले कृषि सामग्री कम्पनीबाट मल लगेर किसानलाई वितरण गरिसकेको छ । रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाभित्र रहेका सात वटा सहकारीले समयमा मल नलगेको र अहिले १९० मेट्रिकटन डिएपी र १२४ दशमलव ३ मेट्रिकटन युरिया मल कम्पनीको गोदाममा मौज्दात रहेको कृषि सामग्री कम्पनीका कार्यालय परासीका प्रमुख ताराप्रसाद खनालले बताए । जेठका लागि ४२९ मेट्रिकटन युरिया र ३५८ मेट्रिकटन डिएपी मात्र नवलपरासीको कोटा परेको थियो ।
‘परासीमा २० हजार ४८० हेक्टर क्षेत्रफलमा किसानले बर्खे धान रोपाइँ गरिरहेका छन्,’ प्रमुख खनालले भने,’ यस वर्षका लागि १८ हजार मेट्रिकटन युरिया र १२ हजार मेट्रिकटन डिएपी थप आवश्यकता छ ।’
रासस


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया