

रुपन्देहीबाट कृत्रिम यौन खेलौना (सेक्स टोय) सहितकाे भारतीय गाडी प्रहरीकाे नियन्त्रणमा


रुपन्देही । नेपालबाट भारततर्फ लैजान लागिएको करिब २४ लाख रुपैयाँभन्दा बढी मूल्यको कृत्रिम यौन खेलौना (सेक्स टोय) सहित एउटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
युके १८ सीए २५७५ नम्बरको भारतीय गाडीमा राखेर काठमाडौंबाट सुनौली हुँदै भारततर्फ लैजान लागिएको १ हजार ३ सय ६९ थान कृत्रिम यौन खेलौना रुपन्देही प्रहरीले पक्राउ गरेको हो । भैरहवा भन्सार नाका नजिकै भैरहवा–परासी हुलाकी सडक खण्ड अन्तर्गत बाइपासबाट नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।
उक्त कृत्रिम खेलौना र गाडीसहित प्रहरीले गाडी चालक र सहयोगी भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको रामपुर थानाका ४५ वर्षीय नसिब अहमद रदेश र भारत उत्तर प्रदेश कन्नौउ जिल्ला पूर्वा गाउँ मंगत खडा थाना निवासी २६ वर्षीय देबेन्दर कुमार सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले प्रहरीले बिना बिलबिजकको ती सामान अवैध रूपमा भारत लैजान खोजिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।
पक्राउ गरिएका कृत्रिम यौन खेलौनाको मूल्य २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । पक्राउ गरिएका सबै सामान, ट्रक र चालकसहितका व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया