

आधुनिक बन्दै विजयनगरका विद्यालय, हट्दै टिनका टहरा





कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाका ११ सामुदायिक विद्यालयले १३ करोड रुपैयाँ अनुदान पाउने भएको छ । गाउँपालिकाले विद्यालयमा टिनको छानामुक्त बनाउने घोषणा अनुसार सङ्घीय सरकारबाट प्रति विद्यालय न्यूनतम १ करोड अनुदान प्राप्त गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
अध्यक्ष थापाले भन्नु भयो, “हामीले टिनको छाना हटाएर सुदृढ संरचना बनाउने योजना अन्तर्गत सङ्घीय सरकारसँगको समन्वयमा प्रत्येक विद्यालयलाई न्यूनतम १ करोड रुपैयाँको अनुदान उपलब्ध गराएका छौँ । आगामी आर्थिक वर्षमा काम हुने गरी माध्यमिक तह र कक्षा ८ सम्म सञ्चालनमा रहेका आधारभूत तहका विद्यालयहरूमा अनुदान रकम खर्च गरिने छ । ”
अनुदान पाउने मा थरौली आवि, नेवलगञ्ज आवि, नेपाल तारा मावि, मगरघट्टा, भुवनेश्वरी मावि, जगदीशपुर, मदरसा अहले सुन्नत गौसिया, दत्तापुर, जनजागृति मावि, लोह्रौला, लौटनराम द्रौपदी देवी मावि, गणेशपुर, जनज्योति मावि, शङ्करपुर, त्रिनेत्र मावि, मधुनगरले प्रति विद्यालय १ करोड अनुदान पाएका छन् । यसै गरी हरिबोध मावि, प्रेम नगर र मदरसा अहले सुन्नत कदरिया फैजल उलुम, बरगदवाले रु १ करोड ५० लाख अनुदान पाएको अध्यक्ष थापाले बताउनु भयो ।
टिनका छानाले गर्मी याममा अत्यधिक ताप, जाडोमा शीत चुहिने, वर्षामा पानी चुहिने र पानीको आवाजले पठन–पाठनमा अवरोध हुने समस्या थियो । अब ती सबै समस्या अन्त्य हुने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिहर बेल्बासेले बताउनु भयो । गाउँपालिकामा ४४ विद्यालय मध्ये २६ सामुदायिक विद्यालय र १८ वटा परम्परागत धार्मिक विद्यालय [मदरसा] छन् । (गोरखापत्र अनलाइन ) मा जानू पाण्डेले समाचार लेखेका छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया