

कपिलवस्तुमा मापदण्ड मिच्ने २ पेट्रोल पम्प गरियाे बन्द





कपिलवस्तुमा दुई पेट्रोल पम्प बन्द गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित उमा ट्रेडिङ र वडा नं. ४ गोपालपुर स्थित ओझा फिलिङ सेन्टरलाई सिलबन्दी गरिएको हो ।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेका अनुसार परिमाण भन्दा कम पेट्रोलियम पदार्थ विक्री गरिएको उमा ट्रेडिङ र ओझा फिलिङ सेन्टर सिलबन्दी गरिएको बताउनुभयो । उहाँले तौलिहवा क्षेत्रका ४ वटा पेट्रोल पम्पमा अनुगमन तथा निरीक्षण गरिएको बताउनुभयो ।
सिलबन्दी गरिएका दुई वटै पेट्रोल पम्प धनीलाई तीन दिन भित्र गुणस्तर तथा नापतौल विभाग बुटवल कार्यालयमा हाजिर हुन निर्देशन दिइएको उहाँको भनाई छ । पेट्रोल पम्प धनीहरूलाई गुणस्तर नाप तौल ऐन अनुसार कारवाही हुने सहायक प्रजिअ लामिछानेले बताउनुभयो ।
सहायक प्रजिअ लामिछानेको अगुवाइ र गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक नीराजन पुडासैनीको टोलीले उक्त पेट्रोल पम्पमा सिलबन्दी गरेको हो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया