

संघीय सरकारबाट अर्घाखाँचीका कुन पालिकालाई कति बजेट ?


आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले अर्घाखाँची जिल्लाका ६ पालिकाका लागि ३ अर्ब २१ करोड २० लाख बजेट विनियोजन गरेको छ । जसमध्ये नगरपालिकाका लागि १ अर्ब ७७ करोड ३९ लाख र गाउँपालिकाका लागि १ अर्ब ४३ करोड ८१ लाख बिनियोजन गरेको छ । सरकारले समानिकरण अनुदान, सशर्त अनुदान विशेष अनुदान र समपुरक अनुदान मार्फत २ अर्ब ८० करोड ४४ लाख विनियोजन हुदाँ पूंजीगत तर्फ ४० करोड ७६ लाख मात्र विनियोजन गरिएको छ ।
सरकारले अर्घाखाँचीका लागि समानीकरण अनुदान तर्फ ६९ करोड ६५ लाख, सशर्त अनुदान तर्फ २ अर्ब ३५ करोड ७६ लाख विनियोजन गरेको छ । यसै गरी जिल्लाका लागि विशेष अनुदान अन्तर्गत ५ करोड ४४ लाख र समपुरक अनुदान तर्फ १० करोड ३५ लाख गरी कुल ३ अर्ब २१ करोड २० लाख बजेट अर्थमन्त्रालयले विनियोजन गरिएको छ ।
अर्घाखाँचीका ६ पालिका मध्ये सबै भन्दा धेरै बजेट शितगंगा नगरपालिकाले प्राप्त गरेको छ। शितगंगा नगरपालिकालार्इ ६६ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ । जहाँ ५८ करोड ५६ लाख चालु खर्च र ७ करोड ९१ लाख पूँजीगत खर्चका लागि बजेट विनियोजन गरिएको छ । यस्तै भुमिकास्थान नगरपालिकालार्इ ४७ करोड ६२ लाख विनियोजन गरिएको छ, जहाँ ४४ करोड ६८ लाख चालु खर्च र २ करोड ९४ लाख पूँजीगत खर्चका लागि बजेट विनियोजन गरिएको छ ।
सन्धिखर्क नगरपालिकालार्इ ६३ करोड ३० लाख विनियोजन गरिएको छ, जहाँ ५२ करोड १६ लाख चालु खर्च र ११ करोड १४ लाख पूँजीगत खर्चका लागि बजेट विनियोजन गरिएको छ ।
यस्तै ती गाउँपालिकाहरु मध्ये सबै भन्दा बढी पाणिनी गाउँपालिकालार्इ बजेट विनियोजन गरिएको छ । पाणिनी गाउँपालिकालार्इ ५६ करोड ४७ लाख बजेट मध्ये ४६ करोड ३० लाख चालु खर्च र १० करोड १७ लाख पूँजीगत खर्चका लागि बजेट विनियोजन गरिएको छ । मालारानी गाउँपालिकालार्इ ४७ करोड ३६ लाख विनियोजन गरिएको छ, जहाँ ४३ करोड ५ लाख चालु खर्च र ४ करोड ३१ लाख पूँजीगत खर्चका लागि बजेट विनियोजन गरिएको छ ।
जिल्लामै सबैभन्दा कम बजेट छत्रदेव गाउँपालिकाले प्राप्त गरेको छ । छत्रदेव गाउँपालिकालार्इ ३९ करोड ९८ लाख विनियोजन गरिएको छ, जहाँ ३५ करोड ६९ लाख चालु खर्च र ४ करोड २९ लाख पूँजीगत खर्चका लागि बजेट विनियोजन गरिएको छ ।
चालु आ.व.मा जिल्लाका ४ स्थानीय तहले विशेष अनुदान प्राप्त नगरेकोमा सरकारले आगामी आ.व.का लागि जिल्लाका सबै स्थानीयतहलार्इ विशेष अनुदानमा समेटेको छ । चालु आ.व.मा भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाले मात्र विशेष अनुदान पाएका थिए ।
चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षका लागि अर्घाखाँचीमा प्राप्त बजेटको आकार ५.३२ प्रतिशतले बृद्धि हो । तर केही स्थानीय तहको बजेटको आकार चालुमा भन्दा आगामी आर्थिक वर्षको बजेटमा घटबट समेत आएको अर्थमन्त्रालयले प्रस्तुत गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरणमा उल्लेख छ ।
अर्घाखाँचीमा गत वर्ष ३ अर्ब ४ करोड ९७ लाख बजेट सरकारले विनियोजन गरेको थियो । गत आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि १६ करोड २३ बजेट बढी बजेट आएको हो ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया