

क्यान्सरको औषधिले परीक्षणमा बाँच्ने क्षमता दोब्बर बनायो



टाउको र घाँटीको विकसित चरणको क्यान्सरबाट पीडित सयौँ हजार मानिसहरूको क्यान्सर पुनः नफर्कने र लामो समय बाँच्ने सम्भावना भएको एक क्लिनिकल परीक्षणले देखाएको छ । एक इम्युनोथेरापी औषधिले यो सम्भव बनाएको हो।
शोधकर्ताहरूका अनुसार, यसले उपचार गर्न गाह्रो हुने क्यान्सरका बिरामीहरूका लागि २० वर्षमा पहिलो पटक ठुलो सफलता देखिएको हो। डर्बीसायरकी ४५ वर्षीया लौरा मार्सटन भन्छिन्, ‘म अझै बाँचिरहेकी छु भन्ने कुरामा म चकित छु।’ उनलाई ६ वर्षअघि जिब्रोको क्यान्सर भएको थियो र जीवित रहने सम्भावना निकै कम भनिएको थियो।
लौरालाई सर्जरी अघि र पछि इम्युनोथेरापी दिइएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार, यस प्रकारको उपचारले शरीरलाई क्यान्सर फिर्ता आएमा त्यसको सामना गर्ने तरिका ‘सिकाउने’ काम गर्छ।
टाउको र घाँटीको क्यान्सर सामान्यतया उपचार गर्न निकै कठिन मानिन्छ, र पछिल्ला दुई दशकमा उपचारको तरिकामा खासै परिवर्तन आएको छैन। टाउको र घाँटीको अगाडि चरणको क्यान्सर भएका आधाभन्दा बढी बिरामीहरू पाँच वर्षभित्रै ज्यान गुमाउँछन्।
लौरालाई सन् २०१९ मा जिब्रोमा भएको एक घाउ लामो समयसम्म निको नहुँदा क्यान्सर भएको पत्ता लाग्यो । उनलाई पाँच वर्ष बाँच्ने सम्भावना केवल ३०% रहेको चिकित्सकहरूले बताएका थिए।
यस अध्ययनको निष्कर्ष अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजीको वार्षिक बैठकमा प्रस्तुत गरिँदैछ। किनोट नाम दिइएको यो परीक्षणमा २४ देशका १९२ अस्पतालहरू संलग्न थिए। यो परीक्षण सेन्ट लुइसको वासिङ्टन युनिभर्सिटी मेडिकल स्कुलको नेतृत्वमा गरिएको थियो र औषधि कम्पनी एमएसडीले आर्थिक सहयोग गरेको थियो।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया