



कपिलवस्तुमा शंकास्पद कुकर डिस्पोज, पकडी चोकमा ‘बम’को त्रास


कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडी चोक नजिक पान पसलको टंकीमुनि आज संकास्पद अवस्थामा फेला परेको एक कुकर नेपाली सेनाको टोलीद्वारा डिस्पोट गरिएको छ । बम जस्तो देखिने उक्त वस्तु सार्वजनिक स्थलमा भेटिएपछि स्थानीयवासी त्रसित बनेका थिए।
स्थानीयले तत्काल प्रहरीलाई जानकारी दिएपछि नेपाली सेनाको समशेरदल गण, गोरुसिंगेबाट आएको विशेष टोलीले उच्च सतर्कताका साथ उक्त कुकर डिस्पोट गरेको हो। डिस्पोटका क्रममा व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो।
हालसम्म उक्त संकास्पद वस्तु साँच्चै बम थियो वा होइन भन्ने स्पष्ट विवरण आउन बाँकी रहेको सुरक्षास्रोतले जनाएको छ । तर, सेनाले सुरक्षित तरिकाले डिस्पोट गरेपछि सम्भावित क्षति टरेको जनाइएको छ।
पकडी चोकमा बिहानै देखिएको अस्वाभाविक गतिविधि र सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि स्थानीय बासिन्दा त्रासमा परेका थिए। पसल र सवारी आवागमन केही घण्टासम्म प्रभावित भयो।
उक्त कुकरमा दलालहरु जग्गा लुटपाट गर्ने तिमिहरु सुध्रिएनौ भने घरमा पनी लाग्न सक्छ भन्ने लेखिएको थियो ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया