

गुजरातलाई हराउँदै पाँचपटकको विजेता टोली ‘मुम्बई’ आईपीएलको दोस्रो क्वालिफायरमा


पाँचपटकको विजेता टोली मुम्बई इन्डियन्स आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । शुक्रबार भएको इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई २० रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा पुगेको हो ।
मुम्बईले दिएको २२९ रनको लक्ष्य पछ्याएको गुजरातले पूरा २० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। साइ सुदर्शनले सर्वाधिक ८० रन बनाएपनि पर्याप्त हुन सकेन । वासिङटन सुन्दरले ४८ तथा शेरफन रदरफोर्डले २४ र कुसल मेन्डिसले २० रन बनाए ।
मुम्बईका लागि जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले २(२ विकेट लिँदा मिचेल सान्टनर र अश्वनी कुमारको नाममा १(१ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । ओपनर रोहित शर्माले ५० बलमा सर्वाधिक ८१ रन बनाए । त्यस्तै अर्का ओपनर जोनी बेयरस्टोले ४७ रन बनाए । सुर्यकुमार यादवले ३३ तथा कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन बनाए ।
मुम्बईले अब फाइनल प्रवेशका लागि पञ्जाब किङ्ससँग दोस्रो क्वालिफायरमा खेल्नेछ भने पराजित भएको गुजरात बाहिरिएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया