

बजेटमा लुम्बिनी प्रदेशका धेरैजसो पुराना योजनाहरूलाई निरन्तरता



आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका लागि धेरैजसो पुराना योजनाहरूलाई निरन्तरता दिइएको छ।
तर नयाँ क्षेत्रहरूमा समेत लगानीको घोषणा गर्दै सरकारले रेल सञ्चालनको तयारीदेखि पेट्रोलियम पदार्थ अन्वेषणसम्मको योजना अघि सारेको छ।
बिहीबार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशमा कृषि पूर्वाधार निर्माणदेखि औद्योगिक क्षेत्रको विस्तार, पर्यटन प्रवर्द्धन, सडक निर्माण, स्वास्थ्य, शिक्षा र ऊर्जा क्षेत्रमा प्राथमिकता दिइएको जानकारी गराए।
प्रमुख प्राथमिकता र आयोजना
-भैरहवा एकीकृत भन्सार चौकी निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने।
-रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र निर्माणमा बजेट।
-रेलमार्गको तयारी अन्तर्गत नेपालगञ्ज रोड–नेपालगञ्ज र नौतनहवा–भैरहवा खण्डमा काम सुरु गर्ने।
-पाल्पा र दाङमा पेट्रोलियम पदार्थ अन्वेषणको लागि बजेट छुट्याउने।
-लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको सम्भाव्यता अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गर्ने योजना।
-लुम्बिनी क्षेत्र संरक्षण, विकास र प्रवर्द्धनका लागि बृहत्तर गुरुयोजना तयार गर्ने।
-निजी क्षेत्रको सहकार्यमा लुम्बिनी–मुक्तिनाथ पर्यटन मार्ग विस्तार गर्ने।
-भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थप्न सहुलियत दिने, डाँडको टरिगाउँ विमानस्थल विस्तार गर्न बजेट विनियोजन।
-अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरण प्रतिपादनकर्ता श्रृंखला स्मृतिमा ज्ञान उद्यान निर्माण।
-ऐतिहासिक तथा पुरातात्त्विक अभिलेख डिजिटल अभिलेखमा रूपान्तरण गर्ने योजना।
-बाँकेको कोहलपुरमा निर्माणाधीन डाटा सेन्टर सञ्चालनमा ल्याउने।
-बुटवल मेडिकल कलेज निर्माणका लागि बजेट, भैरहवाको रण अम्बिका आँखा अस्पतालका लागि पुँजीगत अनुदान दिने।
-सिद्धार्थ क्रिकेट रंगशाला, बबई–सिम्टा सिँचाइ तथा भेरी–बबई सिँचाइ आयोजना बजेटमा समावेश।
-अर्घाखाँचीको नौमुरे जलविद्युत बहुउद्देश्यीय आयोजनामा लगानी सुनिश्चित।
-बुटवल–शिद्धबाबा सुरुङमार्ग सम्पन्न गर्ने योजना।
-बेलहिया–बुटवल सडक, सालझन्डी–ढोरपाटन व्यापारिक रणनीतिक सडक, बुटवल–गोरुसिङ्गे सडक र बुटवल–नारायण सडक निर्माणका लागि बजेट विनियोजन।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया