



बजेटमा लुम्बिनी प्रदेशका धेरैजसो पुराना योजनाहरूलाई निरन्तरता


आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका लागि धेरैजसो पुराना योजनाहरूलाई निरन्तरता दिइएको छ।
तर नयाँ क्षेत्रहरूमा समेत लगानीको घोषणा गर्दै सरकारले रेल सञ्चालनको तयारीदेखि पेट्रोलियम पदार्थ अन्वेषणसम्मको योजना अघि सारेको छ।
बिहीबार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशमा कृषि पूर्वाधार निर्माणदेखि औद्योगिक क्षेत्रको विस्तार, पर्यटन प्रवर्द्धन, सडक निर्माण, स्वास्थ्य, शिक्षा र ऊर्जा क्षेत्रमा प्राथमिकता दिइएको जानकारी गराए।
प्रमुख प्राथमिकता र आयोजना
-भैरहवा एकीकृत भन्सार चौकी निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने।
-रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र निर्माणमा बजेट।
-रेलमार्गको तयारी अन्तर्गत नेपालगञ्ज रोड–नेपालगञ्ज र नौतनहवा–भैरहवा खण्डमा काम सुरु गर्ने।
-पाल्पा र दाङमा पेट्रोलियम पदार्थ अन्वेषणको लागि बजेट छुट्याउने।
-लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको सम्भाव्यता अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गर्ने योजना।
-लुम्बिनी क्षेत्र संरक्षण, विकास र प्रवर्द्धनका लागि बृहत्तर गुरुयोजना तयार गर्ने।
-निजी क्षेत्रको सहकार्यमा लुम्बिनी–मुक्तिनाथ पर्यटन मार्ग विस्तार गर्ने।
-भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थप्न सहुलियत दिने, डाँडको टरिगाउँ विमानस्थल विस्तार गर्न बजेट विनियोजन।
-अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरण प्रतिपादनकर्ता श्रृंखला स्मृतिमा ज्ञान उद्यान निर्माण।
-ऐतिहासिक तथा पुरातात्त्विक अभिलेख डिजिटल अभिलेखमा रूपान्तरण गर्ने योजना।
-बाँकेको कोहलपुरमा निर्माणाधीन डाटा सेन्टर सञ्चालनमा ल्याउने।
-बुटवल मेडिकल कलेज निर्माणका लागि बजेट, भैरहवाको रण अम्बिका आँखा अस्पतालका लागि पुँजीगत अनुदान दिने।
-सिद्धार्थ क्रिकेट रंगशाला, बबई–सिम्टा सिँचाइ तथा भेरी–बबई सिँचाइ आयोजना बजेटमा समावेश।
-अर्घाखाँचीको नौमुरे जलविद्युत बहुउद्देश्यीय आयोजनामा लगानी सुनिश्चित।
-बुटवल–शिद्धबाबा सुरुङमार्ग सम्पन्न गर्ने योजना।
-बेलहिया–बुटवल सडक, सालझन्डी–ढोरपाटन व्यापारिक रणनीतिक सडक, बुटवल–गोरुसिङ्गे सडक र बुटवल–नारायण सडक निर्माणका लागि बजेट विनियोजन।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया