

बुटवल–भैरहवा सडक खण्डमा कार दुर्घटना, ३ जना घाइते



रुपन्देहीको बुटवल–भैरहवा सडक खण्डअन्तर्गत बिहीबार अर्को कार दुर्घटना भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सखुवानीमा बा प्र ०१–०२९ च ८६०५ नम्बरको कार तीव्र गति कारण दुर्घटना परेको हो । दुर्घटनामा कारमा सवार तीन जना घाइते भएका छन् ।
गाडी विद्युतीय पोलमा ठोक्किएर ‘लेन चेन्ज’ भई भैरहवातर्फको लेनमा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
कारका पार्टसहरू टाढा–टाढा उछिट्टिएको अवस्थामा छन् भने गाडीको अगाडिको बम्पर क्षतिग्रस्त भएको छ । कारमा सवार घाइते उपचारका लागि अस्पताल पठाएको छ ।
बिहीबार दिउँसो नै तिलोत्तमा नगरपालिका ५ क्रिमसन हस्पिटल अगाडि बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु ३ च ४३८० नम्बर कार अनियन्त्रित भएर दुर्घटना हुँदा रुपन्देहीको देवदह नगरपालिका–५ खैरेनीका ५० वर्षका इन्द्रबहादुर सुनार घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया