

देशभर गर्मी बढ्दै, सावधानी अपनाउन आग्रह





देशभर गर्मी बढ्दै गएको छ । मधेश प्रदेशसहित अरू प्रदेशको तराई क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको छ ।
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा ३७ डिग्री सेल्सियसदेखि ३९ डिग्री सेल्सियससम्म पुग्ने र काठमाण्डौको तापक्रम ३३ डिग्रीसम्म पुग्ने अनुमान छ । देशभर गर्मी बढिरहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव कायमै रहेकोले केही ठाउँमा वर्षा हुने सम्भावना छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया