

क्यानकाे केन्द्रीय सम्झाैतामा नरहने सन्दीपकाे घाेषणा


नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौता नरहने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस पटक क्यानको केन्द्रीय सम्झौता नरहने बताएका हुन् ।
यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुन नभई व्यक्तिगत र व्यावसायिक विकासका लागि भएको सन्दीपले लेखेका छन् । उनले नेपालबाट क्रिकेट खेलिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । सन्दीपले क्यानलाई निरन्तर साथका लागि धन्यवाद पनि दिएका छन् ।
क्यानले यसबारेमा छलफलपछि निर्णय लिने बताएको छ । सन्दीप क्यानको केन्द्रीय सम्झौतामा ‘ए’ वर्गमा थिए ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया