

आईपीएलका बाँकी खेल के हुन्छ ? निर्णय गर्दै बीसीसीआई


भारत र पाकिस्तानबीच हिंसात्मक झडपहरू तीव्र बनेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलबारे अन्तिम निर्णय आज लिइने भएको छ।
भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले बिहीबार एक अन्तर्वार्तामा भनेका छने, ‘हामी परिस्थिति निगरानीमा राखिरहेका छौं, सरकारको सल्लाहको पर्खाइमा छौं र आईपीएलको अन्तिम निर्णय भोलि लिनेछौं।’
उनले थपे, ‘परिस्थिति दिनप्रतिदिन परिवर्तन भइरहेको छ। हामीलाई जे भनिन्छ, त्यही गर्नेछौं र सबै सरोकारवालालाई जानकारी गराउनेछौं। अहिलेको हाम्रो प्राथमिकता खेलाडी, समर्थक र सरोकारवाला सबैको सुरक्षा हो।’
यसअघि, मुम्बई र पञ्जाबबीच आइतबार हुने भनिएको आईपीएल खेल सुरक्षा कारण धर्मशालाबाट गुजरात सारिएको थियो। हिंसाका कारण धर्मशालास्थित विमानस्थल बन्द गरिएको छ।
यसैबीच, पाकिस्तानले पहिले नै पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी आठ खेल सुरक्षा चिन्ताका कारण संयुक्त अरब इमिरेट्स सारिसकेको छ ।
बिहीबार साँझ पाकिस्तानले भारतमा आक्रमण गरेको खबरसँगै सुरक्षाका कारण देखाउँदै आईपीएलको आजको खेल बीचमै रोकिएको थियो ।
हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल चल्दै गर्दा फ्लडलाइट निभेपछि प्राविधिक कारण देखाइएको थियो ।
पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया