

अन्तर्राष्ट्रिय रेडक्रस दिवसकाे अवसरमा युनाइटेड स्टुडेन्ट एकेडेमीले गर्याे विविध कार्यक्रम




कपिलवस्तु ।
८ मे अन्तराष्ट्रिय रेड्क्रस दिवसको अवसरमा वा न पा ८ चप्परगाउ अवश्थित युनाइटेड स्टुडन्ट्स एकेडमि मा वि ले बिविध कृयाकलाप सम्पन्न गरेको छ।
विश्व रेड्क्रसका जन्मदाता जि. हेनरि ड्युनान्टको इ स १८२८ मे ८ मा भएको जन्म तिथिको दिनलाइ रेडक्रस दिवस मनाउने चलन रहेको सन्दर्भमा विद्यालयले यस दिवसको ऐतिहासिक पृष्ठभुमि र महत्वको बारेमा बालबालिकाहरुलाइ जनकारि गराउन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो।
युरोपिय महादिप स्विट्जरल्यान्डको जेनेभामा जन्मिएका नोबेल शान्ति पुरस्कारका प्रथम बिजेता , रेड्क्रस जस्तो विश्व परोपकारि सस्थाका सस्थापक यि महान ब्यक्तित्वको जन्मदिन दिवसका रुपमा उनि प्रति श्रध्दा , सम्झना, समर्पण र सद्भाव ब्यक्त गर्न यस दिवस मनाइएको विद्यालयले जनाएको छ।
मानवताको सरक्षण युद्दग्रस्त क्षेत्रमा घाइतेको उपचार, उद्दार, मानवताको मुल्य र सेवाको आवश्यक्ताको महशुस गरि स्थापित रेडक्रस सन्सारभरि कृयाशिल छ।नेपालमा सन १९६३ देखि नेपाल रेडक्रसको आरम्भ गरि आफ्नो सेवा दिदै आइरहेको छ।स्वयमसेवा उन्मुख रेडक्रस अभियानमा विद्यालय तहका बालबालिकालाइ सरिक गराइ उनिहरुमा सामाजिकिकरण गुण विकास तथा सेवा, परोपकार, दया, करुणा भाव जागृत गराइ असल जिवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले दिवस मनाइएको विद्यालयका प्राचार्य कृष्ण के सि ले जानकारि गराउनु भएको थियो।
उक्त कार्यक्रममा रेड्क्रसका सात मुख्य सिद्दान्त: मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयमसेवा, एकता र सर्वब्यापकताका विषयमा सहजिकरण गरिएको थियो।
सोहि कार्यक्रममा कक्षा ६-९ अध्ययनरत विद्यार्थिहरुको प्रतिनिधित्व गरि ९ सदस्यिय जुनियर रेड्क्रस सर्कल गठन समेत गरियो! साथै सेवा, परोपकारि भावना आत्मसात गर्दै वा न पा -८ , सिसनियामा अवश्थित वरकतिया आधारभुत विद्यालयलाइ सहयोग स्वरुप प्राथमिक उपचार औषधि सामाग्रि बक्स प्रदान गरिएको थियो।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया