

शिक्षा विधेयक : उपसमितिको म्याद १० दिन थपियो


काठमाडौं| विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो।
उपसमितिले पाएको ३५ दिनको समयसीमा हिजो सकिएको थियो। अझै केही छलफल/निर्णय बाँकी रहेको भन्दै उपसमितिले म्याद थप मागेको थियो। समितिका सभापति अम्मरबहादुर थापाले सोमबारको बैठकमा १० दिनको म्याद थपका लागि गरेको प्रस्ताव पारित भएको छ।
शिक्षक महासंघको ९ बुँदे सहमतिसँगै सरकार र सत्तारुढ दलका सचेतकले असार १५ भित्र शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता जनाइसकेका छन्।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया