

नेपाल प्रहरीलाई ह्याकर ‘काजु’को च्यालेन्ज, थप ८ जीबी डेटा लिक



नेपाल प्रहरीलाई चुनौती दिँदै ‘काजु’ (KAZU) नामक ह्याकरको समूहले दाबी गर्दै थप ८ जीबी डेटा लिक गरेको छ । बिहीबार राति डार्क वेब मार्केटप्लेस डार्क फोरममा पोस्ट गर्दै ह्याकरको उक्त समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइटबाट पाएको दाबी गर्दै थप आठ जीबी डेटा सार्वजनिक गरेको हो ।
“आज, म नेपाल प्रहरीको केन्द्रीय वेबसाइटबाट ह्याक गरिएको ८ जीबीको संवेदनशील डेटा सार्वजनिक गर्दैछु,” पोस्टमा भनिएको छ, “किन? किनभने, उनीहरूले जिम्मेवारी लिनुको सट्टा उक्त सुरक्षा कमजोरी भएको कुरालाई अस्वीकार गर्ने र दोष चाहिँ एउटा असम्बन्धित साइबर क्याफेलाई लगाउने काम गरे ।”
नेपाल प्रहरीले नागरिकको डेटाको सुरक्षा गर्न नसकेको र आफ्नो कमजोरी स्वीकार्नुभन्दा त्यसलाई ढाक्ने काम गरेको भन्दै आफूले डेटा लिक गरेको ह्याकरको दाबी छ । “मैले सार्वजनिक गरेका डेटा जति अस्वीकार गर्दै जान्छौ, म त्यति नै निःशुल्क सार्वजनिक गर्दै जान्छु ।”
आफूसँग भएका अरू डेटा सार्वजनिक होस् भन्ने चाहनु हुन्छ कि हुँदैन भन्दै ह्याकरको उक्त समूहले प्रश्न पनि गरेको छ । यसअघि २२ अप्रिलमा उक्त समूहले नेपाल प्रहरीको आधिकारिक साइटबाट लिइएको २० लाख बढी नागरिकको डेटा आफूसँग भएको दाबी गर्दै पोस्ट राखेको थियो । केही नमूना डेटा सार्वजनिक गर्दै उक्त समूहले सात हजार डलरमा डेटा बिक्री गर्ने जनाएको थियो । त्यसका लागि सम्पर्क गर्न भन्दै सिग्नल, क्यूटोक्स आईडी समेत उपलब्ध गराइएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश कुमार आचार्यले त्यसबेला सार्वजनिक भएको डेटा र प्रहरीसँग भएको डेटा दाँजेर प्रमाणिकरण गर्ने काम भइरहेको जानकारी दिएका थिए । त्यसको केही दिनपछि सार्वजनिक भएका डेटा प्रहरीको आधिकारिक साइटभन्दा पनि अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्रको फारम भरिदिने साइबरबाट चोरिएको हुनसक्ने उनले बताएका थिए । आफ्नै आधिकारिक साइटबाट लिक भएको डेटालाई साइबरतर्फ तेर्साएको भन्दै उक्त समूहले प्रतिसोध साँध्न थप आठ जीबी डेटा सार्वजनिक गरेको दाबी गरेको हो ।
ह्याकरले सार्वजनिक गरेको आठ जीबी डेटामा ८० हजार बढी फाइल छन् । ती फाइलमा व्यक्तिको पासपोर्ट साइज फोटो, नागरिकताको फोटो, पासपोर्टको फोटो, विवाह दर्ताको फोटो र बसाइँसराइको फोटो देख्न सकिन्छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी आचार्यले लिक भएको भनिएको डेटा प्रहरीको साइटबाट नगएको जिकिर गरे । “हामीले त्यो हेरिरहेका छौं । त्यो डेटा हाम्रोबाट गएको होइन,” उनले भने, “हाम्रोबाट गएको हो भने इन्भेस्टिगेट गर्छौं ।”
Source : Techpana


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया